बुधबार, साउन १ २०७६
काठमाडौं ०२:१२
वासिङटन डिसी 16:27

बाल्टिमोरमा युवा तथा खेलकुद मन्त्री बिश्वकर्मा संग नेपाली खेलाडीहरुको भेटघाट (भिडियो सहित )

अमेरिकामा रहदै आएका नेपाललाई बिश्वमा चिनाउने खेलाडीले के के भने

इनेप्लिज २०७५ चैत २७ गते १६:५७ मा प्रकाशित

नेपाल सरकारका माननीय युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा अमेरिका भ्रमणमा रहेको अवसरमा  डिसि ,भर्जिनिया  वाल्टिमोरमा एरियामा रहनु भएका नेपालका पुराना तथा नयॉ ख्यतिप्राप्त अन्तराष्ट्रीय /राष्ट्रीय पदक प्राप्ता खेलाडी तथा प्रशिक्षकहरू/खेलाडीहरूको विचमा सम्मान/भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

#EnepaleseLIVE!!नेपाल सरकारका माननीय युवा तथा खेलकुद मन्त्री श्री जगत बहादुर विश्वकर्मा ज्यू अमेरिका भ्रमणमा रहेको अवसरमा आज Everest World Class TaekwonDo, Maryland मा यस डिएमभी एरियामा रहेका नेपाली राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीहरूसँगको विशेष भेटघाट कार्यक्रम ..प्रत्यक्ष प्रशारण!! ©srijan, मेरिल्याण्डका हामी नेपाली" "Maryland Ka Hami Nepali"

Posted by Enepalese on Tuesday, April 9, 2019

कार्यक्रममा माननीय मन्त्रि जगत विश्वकर्म ,महावाणिज्यदुत प्रेमराजा महत ,स्टेट डेलिगेट्स ह्यारी भन्डारी ,प्रवासी नेपाली मन्च  अमेरिकाका अध्यक्ष प्रभु थापा ,एनआरएन अमेरिका खेलकुद विभाग का चन्द्र लामा ,नासोका अध्यक्ष गोपाल वि क ,वानाका अध्यक्ष सुवोध विलास पन्त ,ओएनएफ मेरिल्यान्डका संयोजक शेषकान्त खनाल ,कास्की समाज अमेरिकाका महासचिव मदन सुवेदी ,आईटिएफका संस्थापक अध्यक्ष राजकुमार थापा ,पूर्व अध्यक्ष कूष्ण बलाल ,राष्ट्रीय भलिवल टिमका पूर्व टिम क्याप्टेन सुनिल चौधरी ,वक्सिगका पहिलो अन्तराष्ट्रीय पदक प्राप्त  खेलाडी मनोज श्रेष्ठ ,एभरेष्ट टाईकन्डोका सन्चालक पूर्व राष्ट्रीय खेलाडी तथा प्रशिक्षक माष्टर कुमार कार्की तथा कल्पना कार्की ,उशुको अन्तराष्ट्रीय पदक विजेता खेलाडी विना खड्का लामा ,३ पटक गिनीज़ वर्ल्ड  रेकर्ड राख्ने कराते  खेलाडी उज्जवल ठुकरी ,तेक्यानडोको अन्तराष्ट्रीय पदक विजेता खेलाडी एनकुमारी चौलगाई ,ज्ञान चुनारा ,क्रिषा कार्की लगायत विभिन्न राष्ट्रीय तथा अन्तराष्ट्रीय प्रशिक्षक तथा खेलाडीहरूको उपस्थिति रहेको कार्यक्रमको संयोजन ओएनएफ अमेरिकाका अध्यक्ष तथा करॉते खेलाडी प्रभु थापाले गर्नु भएको थियो ।
उक्त कार्यक्रममा नासो समुदायका पूर्व अध्यक्ष दिपक बिश्वकर्माको पनि उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण ईनेप्लिजवाट श्रीजन ताम्रकार र डिसिनेपालवाट सन्देश खड्काले गर्नु भएको थियो ।
नेपाल भन्दा बाहिर खेलकुद मन्त्रिको उपस्थितिमा यति धेरै पूर्व/वर्तमान ,राष्ट्रीय /अन्तराष्ट्रीय  ,खेलाडी /प्रशिक्षकहरूको विचमा सम्पन्न भएको यो नै पहिलो कार्यक्रम हो ।

प्रतिक्रिया