सगरमाथाको उचाई नाप्ने टोलीलाई प्रधानमन्त्रीको विदाइ

इनेप्लिज २०७५ चैत २७ गते १२:२३ मा प्रकाशित

काठमाडौं, २७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ नाप्ने टोलीलाई बुधबार विदाइ गरेका छन् ।

भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट चार जना कर्मचारीको टोली बुधबार त्यसतर्फ प्रस्थान गर्न लागेको हो । नापी अधिकृत खिमलाल गौतमको नेतृत्वमा नापी अधिकृत रबिन कार्की, सर्भेक्षक सुरजसिँह भण्डारी र अमिन युवराज धितालसहितको टोलीले सगरमाथाको उचाइ नापेर फर्किने छ ।

बुधबार प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री ओलीले टोलीलाई विदाइ गर्दै शुभकामना पनि दिए । सरकारको तर्फबाट सगरमाथाको उचाइ नाप्न लागिएकाले यो आधिकारिक हुने उनको भनाई छ ।

सगरमाथाको उचाइ नाप्न एक महिना लाग्ने अनुमान छ ।

प्रतिक्रिया