राप्तीमा प्यारामोटर उडाएका चेपाङले नेपालमै पहिलो जहाज बनाउने कम्पनि खोले, यसरी भैरहेको छ काम

इनेप्लिज २०७५ चैत २७ गते १:५९ मा प्रकाशित

राप्तीमा प्यारामोटर उडाएका चेपाङले नेपालमै पहिलो जहाज बनाउने कम्पनि खोले, यसरी भैरहेको छ काम

चितवनका एक चेपाङ युवाले प्यारामोटर उडाएका छन्। चितवनको राप्ती नगरपालिका २ गड्यौलीका सरोज चेपाङले आफैँले निर्माण गरेको प्यारामोटर उडाएका हुन्। स्थानीय स्रोत/साधनको प्रयोग गरेर निर्माण गरेको प्यारामोटर उनले आइतबार राप्ती नदीको बगरमा उडाएर परीक्षण गरेका छन्।

अहिले उनले कम्पनि खोलेर काम गरिरहेका छन् । केहि समय पछि चितवनका विभिन्न ठाउँमा उनको कम्पनिका प्यारामोटरबाट दृश्यावलोकन गर्न पाईने सरोजले बताएका छन् ।

यसअघि २ पटकसम्म उडानको प्रयास गर्दा हावाको प्रभावले प्यारामोटर उडाउन नसकेका सरोजले आज भने सफतापूर्वक प्यारामोटर उडाएका हुन्। सामान्य परिवारका २० वर्षका सरोजले करिब ९० हजारको लागतमा प्यारामोटर निर्माण गरेका थिए।

६ कक्षासम्म मात्रै अध्ययन गरेका सरोजले १ महिना लगाएर एक्लैले प्यारामोटर निर्माण गरेको हुन्।

प्रतिक्रिया