शुक्रबार, असार ४ २०७८
काठमाडौं ०४:५०
वासिङटन डिसी 19:05

ताजा समाचार : होमल्याण्ड सेक्युरिटीकि कार्यबाहक उप सचिव द्वारा राजिनामा

इनेप्लिज २०७५ चैत २७ गते १:३४ मा प्रकाशित

होमल्याण्ड सेक्युरिटीकि कार्यबाहक उप सचिव क्लेयर ग्राडी द्वारा राजिनामा दिएको खबर होमल्याण्ड सेक्युरिटीकि सचिव किर्स्जेन नेल्सनले बताएकी छिन् । किर्स्जेन खुद आफै बुधबार देखि उक्त बिभाग छोड्दै छिन् । उनको राजिनामा बुधबार स्वीकृत हुने छ । ग्राड़ीले राजिनामा राष्ट्रपति ट्रम्पलाई दिएकी हुन् ।

नेल्सनले छोडे पछि ग्राड़ी कानुनी रुपमा नेल्सनको पदमा हुनु पर्ने थियो । तर राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकन भन्सार तथा सिमा सुरक्षा आयुक्त केभिन म्याकआलीननलाई होमल्याण्ड सेक्युरिटीको प्रमुख बनाउने घोषणा गरेका थिए ।

क्लेयर बिगत दुई बर्ष देखि होमल्याण्ड सेक्युरिटीमा सेवा गरेकी भन्दै उनले अद्वितीय र उत्तम सेवा गरेको सामाजिक संजाल ट्वीटरमा लेखेकी छिन् । ग्राडीको राजिनामा भोलि अप्रिल १० देखि लागु हुने छन् । नेल्सन स्वयम् आफु जादै गरेको अवस्थामा ग्राड़ी होमल्याण्ड सेक्युरिटीको लागि अमूल्य सम्पत्ति,विश्वसनीय गुण तथा ज्ञानपूर्ण आवाज रहेकी प्रसंशा गरेकी छिन् ।

समाचार/तस्बिर श्रोत : पोलिटिको डटकम/एएफपी 

प्रतिक्रिया