फुलन्देको आमा मुटुरोगी बिबिनालाई हौसला र सपोर्ट गर्दै, हेर्नुस् ‘छपनीले छान’का गायकको प्रेमका कुरा (भिडियो सहित)

इनेप्लिज २०७५ चैत २७ गते १:११ मा प्रकाशित

भोजपुर हतुवागढी-६ की बिबिना राई विगत १ वर्षदेखि मुटु रोगबाट पीडित छिन । धरानको शैनिक भवनमा कलाकार ‘फुलन्देकी आमा’ युवतीको भेषमा निस्किएर धरानका युवायुवतीलाई मज्जाले कमेडी गर्दै, नाच्दै र नचाउदै बिबिनाको लागि सहयोग अपिल गरिन् ।

बिबिनाको उपचारको लागि ३६ लाख माथि लाग्ने र यो उपचार नेपालमा सम्भब नभएकोले देशबाहिर नै लानुपर्ने हुनाले सहयोग संकलन गर्नको लागि यस्तो कार्यक्रम राखिएको हो । यस सहयोगार्थ साङ्गीतिक कार्यक्रमबाट जम्मा ३९ हजार रकम संकलन भएको कलाकार एवम अभियानका संयोजक प्रभाकर राईले जानकारी दिए ।

प्रतिक्रिया