परदेशीको बास्तविक पिडामा आधारित आधुनिक गीत “प्रदेशीको बाध्यता ” (भिडियो सहित)

इनेप्लिज २०७५ चैत २७ गते ०:५२ मा प्रकाशित

काठमाडौं ।एपिक नेपाल म्युजिक प्रालीको प्रस्तुतिमा बैदेशिक रोजगारीमा गएका युवाहरुको बास्तविक कथालाई समेटेर तयार पारिएको गायक दुर्गा रोक्का मगरको बास्तविक जिवन भोगाईमा आधारित गीत “प्रदेशीको बाध्यता ” गीतको भिडियो बजारमा सार्वजनिक गरिएको छ ।

धन कमाउने सपनामा सात समुन्द्र पारि गएर भोगेका पिडा र परिवारबाट विछोड हुनुपर्दाको पिडालाई मार्मिक रुपमा समेटिएको छ । परिवारका सदस्यको अभावमा विदेशी भुमिमा भोग्नुपरेका पिडालाई आफन्त हरुमाझँमा बसेर पोख्न को लागी गायक सक्षम भएका छन । प्रेम घर्ति मगरको शब्द तथा दिपक राज विश्वकर्माको संगीत संयोजन गीतमा रहेको छ ।

मुकेश हुमागाईँको छायाँकन , राजेश कुमारको सम्पादन , बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । “प्रदेशीको बाध्यता ” गीतको भिडियोमा सारिका केसी र दुर्गा रोक्का मगरको मन छुने अभिनय रहेको छ ।

“प्रदेशीको बाध्यता ” को भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

प्रतिक्रिया