आइतबार, असार ६ २०७८
काठमाडौं ०३:३४
वासिङटन डिसी 17:49

एएनएसको हेरिटेज नेपाल फेस्टिवल २०१९ को तयारी सुरु

विजय थापा २०७५ चैत २७ गते ०:०८ मा प्रकाशित

वाशिंगटन डिसी । उत्तर अमेरिकाको सबै भन्दा पुरानो नेपाली गैर मुनाफा सामाजिक संस्था अमेरिका नेपाल सोसाइटीले हेरिटेज नेपाल फेस्टिवल २०१९ मनाउने भएको छ ।

यसका लागि क्रियाकलाप प्रारम्भ गरेको छ । अन्य बर्ष भन्दा यस पटक उत्सव जुन महिनाको २ तारिखका दिन मनाउने भएको छ । संस्था स्थापना भएको ५० बर्ष भएको अवसरमा अमेरिकाको भ्रमणमा रहनु भएकी नेपालकी पूर्व प्रधानन्यायाधीश शुसिला कार्कीले कार्यक्रम उदघाटन गरी नेपालका संस्कृति तथा परम्परा झल्काउने सांस्कृतिक कार्यक्रम अबलोकन गरेकी थिइन् ।

यस बर्ष गत बर्ष झैँ सारी बिक्रि कक्ष (फरिया) प्रदर्शन ,हस्तकला प्रदर्शन ,चित्रकला प्रदर्शन ,गरगहना प्रदर्शन आदी हुनेछन । यसै गरि बिभिन्न जातजातिका खाना परिकार चिट्ठा खेलाईनुको साथै भब्य सांस्कृतिक कार्यक्रम हुने छन् ।

अमेरिकामा जन्मेका दोश्रो पुस्ताका बालबालिकाले बिशेष प्रस्तुत गर्ने छन् । अमेरिकाले हरेक वर्षको मे महिनालाई एसियन, प्यासिफिक अमेरिकन हेरिटेज महिनाको रुपमा मनाउने गरेकोले एएनएस ले यो उत्सव बिगत केही बर्ष देखि मनाउदै आएको छ । कार्यक्रम भर्जिनियाको सेन्टरभिल हाईस्कुलमा हुने छ ।

प्रतिक्रिया