ईन्जाले एनआरएन अमेरिकाको मतदाता नामावली सरल तरिकाले हेर्न यसरी बनायो

विजय थापा २०७५ चैत २६ गते २३:३५ मा प्रकाशित

डीसी ।गत अप्रिल ८ तारिखका दिन गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाले आगामी निर्वाचनको लागि मतदाता नामावली प्रकाशित गर्यो । प्रकाशित हुना साथ चौतर्फी बिरोधको आवाज गुञ्जियो ।

९ हजार १ सय ७२ मा मतदाता सूचीबाट आफ्नो नाम खोज्न समय लाग्ने ,झन्झट ,कठिन तथा वर्णानुक्रम अनुसार राख्नु पर्ने जस्ता कुराहरु संसोधन तथा सच्याउनु पर्ने निर्वाचन समितिलाई सामाजिक संजाल मार्फत प्रसस्त सुझाव सल्लाह दिईयो । यसै बीच अप्रिल ९ का दिन टेक्सस ड्यालसका अभियन्ता विजयराज भट्टराईले ३ घण्टा लगाएर सरल बनाई दिएको समाचार हिमालय खबरमा प्रकाशित भयो । त्यसले आफ्नो नाम सरल संग छोटो समयमा हेर्न मिल्ने भयो ।

त्यसै गरि  अन्तरराष्ट्रिय नेपाली पत्रकार संघ ( ईन्जा) ले पनि मेहनत साथ सबै सदस्यहरुलाई सुबिधा र सरल रुपमा मतदाता सूची हेर्न सकियोस भनि मतदाता सूची निर्माण गरेको छ । यसको साथै न्यू योर्कका एनआरएनए का अभियन्ता रबिन बज्राचार्यले पनि आफ्नै निर्माण गरेर कसैलाई चाहिएमा सम्पर्क गर्न अनुरोध समेत गरेका छन् ।

ईन्जाले यस्तो निर्माण गरेर यस्तो लेखेको छ : एनआरएनएको भोटर्स लिस्ट (मतदाता सूची ) मा नाम खोज्न गाह्रो भयो भनि जिज्ञासा राखेको छ ।

आफ्नो नाम यहाँ हेर्नु होस । एनआरएनएबाट प्राप्त भोटर्स लिष्ट( मतदाता सूची)लाई एक्सेलमा परिणत गरी यो भर्सन(संस्करण ) सुबिधाका लागी ईन्जाबाट फरम्याट (प्रारूप ) गरीएको हो । यसको पहिलो सिट(पाता)मा पहिलो नाम अनुसार , दोश्रोमा अन्तिम नाम र तेश्रोमा राज्य अनुसार हेर्न सक्नु हुनेछ भनि मार्ग निर्देशन समेत गरेको छ । यसको लागि ईञ्जाको आधिकारिक संजाल ( अफ़िसिएल वेब) हेर्न निर्देशन गरेको छ ।

https://injaglobal.org/nepali

साथै ईन्जाले यसपाली गरि आवासीय नेपाली संघ अमेरिकाको निर्वाचन सम्बन्धमा आईसीसी समेतलाई मार्ग दर्शन हुने किसिमको निष्पक्ष अनुगमनको काम शुरू गरेको जनाएको छ । साथै अनुसन्धान गर्नको लागि थुपै सूचनाहरु प्राप्त हुन थालेकाे र कुनै पनि सूचना, जानकारी पठाउन [email protected]ठेगानाको ईमेल (बिधुतिय डाक ) पनि सार्वजनिक गरेको छ ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया