फ्यानक्यान द्वारा राहत सामाग्री बितरण

इनेप्लिज २०७५ चैत २६ गते २२:०९ मा प्रकाशित

गत चैत्र १७ गते बारा र पर्सामा आएको हुण्डरी द्वारा जनधनको क्षति भएकोमा फ्यानक्यान द्वारा राहत सामाग्री बितरण गरेको छ । बाराको पुरैनिया ,भरवलिया,भलुही तथा खुंटवा परसौनीका परिवारलाई फुड ,आयुर्वेदिक ,न्युट्रास्युटिकल, कस्मास्युटिकल एशोसिएशन अफ नेपाल (फ्यानक्यान ,FANCAN) ले खाद्य सामाग्री वितरण गरेको जनाएको छ ।

बिरगंज शाखाको सकृयतामा गत आईतवार रु. तीन लाख बराबरको फुड सप्लिमेन्ट र खाद्य सामाग्री चामल ,दाल ,तेल,नुन,सख्खर र चिउरा जस्तो अति आवस्यक वस्तु बितरण गरि पीडितहरुलाई सहयोग गरेको केन्द्रीय अध्यक्ष सुरेन्द्र मानन्धरले जानकारी दिएका छन् ।

प्रतिक्रिया