अफ्रिकामा बारा र पर्साका आधीबेरी पीडितलाई थप सहयोग जुटदै ।

इनेप्लिज २०७५ चैत २६ गते २१:५८ मा प्रकाशित

लेगोस , नाइजेरिया । एनआरएनए नाइजेरियाले बारा र पर्साका आधी पीडितलाई रु एक लाख एकतिस हजार सहयोग पठाए पछि एनआरएनए केन्याले समेत आजै एनआरएनए केन्द्रीय कार्यालय काठमाडौंमा सो का लागि २३,३१२ रुपैया सहयोग जम्मा गरेको जानकारी केन्याका अध्यक्ष कृष्ण दत्त भट्टले गराउनु भएको छ ।

त्यसैगरी एनआरएनए युगान्डाले पनि राहत संकलन शुरु गरेको छ । युगान्डा स्थित संघका आइसीसी सदस्य जीबनाथ पगेनीका अनुसार युगान्डाका उधोगी डा . सुधीर रुपारेलियाले अमेरिकी डलर १३५१ ( लगभग एक लाख पचास हजार ने रु ) सहयोग गर्नु भएको छ । अन्य सहयोग उठने क्रम जारी छ ।

प्रतिक्रिया