आप्रवासीप्रति कडा हुदै ट्रम्प

यादवराज जोशी २०७५ चैत २६ गते १३:०६ मा प्रकाशित

 

यादवराज जोशी,अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीप्रति कडा नीति अवलम्वन गर्ने  संकेत गरेका छन । हालै ह्वाईट हाउस असन्तुष्ट भएपछि गृहमन्त्री किस्टेन नेल्सनले आईतबार राजीनामा दिएकी छन भने सेक्रेट सर्भिस निर्देशक रान्डोल्फ एलेजलाई सोमबार सेवाबाट हटाईएको छ ।

हालै विकास भएका घटनाक्रमले ट्रम्पले आप्रवासीप्रति कडा रवैया लिने संकेत देखिएको ट्रम्पका पूर्व एवं वर्तमान सहयोगीलाई उदृत गर्दै न्यूयोर्क टाईम्सले जनाएको छ । आप्रवासी प्रति कडा हुन आफुले दिएको निर्देशन लागु गर्न नसकेपछि गृहमन्त्री किस्टेन नेल्सनलाई राजीनामा दिन बाध्य पारिएको ति सहयोगी बताउछन् ।

एसाईलम गर्ने ल्याटिनो समुदायलाई मेक्सिकोमै राख्ने ट्रम्पको नीतिलाई उत्तरी क्यलिफोर्नियास्थित जिल्ला अदालतले सोमबार बन्देज लगाएपछि ट्रम्प निकै रिसाएका छन् । जिल्ला अदालतका न्यायाधिस रिचर्ड सिबोर्गले सोमबार “विद्यमान कानुनले राट्रपतिलाई यस्तो अधिकार नदिएको” फैसला सुनाएका थिए । उक्त फैसलापछि ट्रम्पले “हामी कडा नीति अपनाउने छौ” अभिव्यक्ति दिएका छन् ।

न्यूयोर्क टाईम्सका अनुसार, ह्वाईट हाउस वैध र अवैध सबै आप्रवासीप्रति कडा रवैया लिने बाटोमा अगाडि बढेको छ । यसकालागि प्रसाशनिक परिवर्तन, प्रकृयागत परिवर्तन, नीतिगत परिवर्तन र आवश्यक परेका कार्यकारी निर्णय पनि गर्ने सोच छ ।

राष्ट्रपति ट्रम्पले पुनः परिवार बिखण्डन गर्ने आप्रवासी नीति कार्यान्वयन गर्न सक्ने उनी निकट व्यक्ति बताउछन् । “उनी यो भन्दापनि कडा नीति लिन सक्छन,” न्यूयोर्क टाईम्सले लेखेको छ । यि नीतिमा कडा शर्त राखी एसाईलम गर्नेको संख्या कम गर्ने, मेक्सिकोसंगको दक्षिणी सीमामा थप कडाई गर्ने, जन्मको आधारमा दिईने अमेरिकी नागरिकता कार्यकारी अधिकार प्रयोग गरी हटाउने, सक्दो चाडो सीमा पर्खाल बनाउने, दक्षिणी सीमामा सेना परिचालन हुन सक्छन ।

“गृहमन्त्री नेल्सनले ह्वाईट हाउसको ईच्छा बमोजिम काम गर्न सकिनन त्यसैले उनलाई राजीनामा दिन बाध्य पारियो,” सन् २०११ देखि २०१५ सम्म गृह मन्त्रालयमा निर्देशक रहेका सेथ ग्रोसम्यानले भने । “नेल्सन बाहिरिनु र रोनाल्ड डि भिटेल्लोले पद छाडनुले कडा नीतिको संकेत गर्छ,” उनले भने ।भिटेल्लोले सीमा सुरक्षा (आईसिई)का कार्यवाहक प्रमुख थिए ।

विगत केही महिनादेखि ट्रम्पले आफु पुनः फर्कन चाहेको बताउदै आएको तीन पूर्व अधिकारीले बताएका छन् । “ह्वाईट हाउस आप्रवासीप्रति हालसम्मकै कडा रवैया लिन चाहन्छ,” नाम उल्लेख नगर्ने शर्तमा ति तीन अधिकारीले बताएको न्यूयोर्क टाईम्सले जनाएको छ ।

राष्ट्रपति ट्रम्पको इमिग्रेसन नीतिका आर्किटेक्ट स्टेफेन मिलरले परिवार विभाजनको एजेण्डा विपक्षी डेमोक्र्याटसंगको बार्गेनिड.को शक्तिशाली हतियारकोरुपमा राखेका छन् । गत जुनमा दुई हजार सातसय बालबालिका र तिनका परिवारलाई छुट्टाईएपछि ट्रम्पको निकै बिरोध भएको थियो । त्यसपछि उक्त कार्य स्थगित गरिएको थियो ।

स्रोतः न्यूयोर्क टाईम्स

प्रतिक्रिया