बुधबार, साउन १ २०७६
काठमाडौं ०२:१३
वासिङटन डिसी 16:28

आइपिएलमा पञ्जाबलाई रोमाञ्चक जित

इनेप्लिज २०७५ चैत २६ गते १२:३९ मा प्रकाशित

नयाँदिल्ली, २६ चैत । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत सोमबार राति भएको खेलमा किंग्स इलाभेन पञ्जाब विजयी भएको छ । चन्दीगढमा भएको खेलमा पञ्जाबले सनराइजर्स हैदराबादलाई ६ विकेटले हराएको हो ।

१५१ रनको लक्ष्य पञ्जाबले एक बल बाँकी हुँदा चार विकेटको क्षतिमा भेट्टाएको हो । पञ्जाबको जितमा केएल राहुल नायक बने । उनले ५३ बलमा सात चौका र एक छक्काको सहयोगमा नटआउट ७१ रन बनाए । यस्तै मयंक अग्रवालले ४३ बलमा ५५ तथा क्रिस गेलले १४ बलमा १६ रनको योगदान दिए ।

पञ्जाबलाई अन्तिम ओभरमा जितका लागि ११ रन चाहिएको थियो । मैदानमा साम करेन र राहुल थिए । चौथो बलमा स्ट्राइक पाएका राहुलले चौका र त्यसपछिको बलमा दुई रन बनाउँदै टिमको जित निश्चित गरेका हुन् । करेनले अन्तिम ओभरको सुरुका तीन बलमा पाँच रन बनाएका थिए । हैदराबादका सन्दीप शर्माले दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको हैदराबादले चार विकेटको क्षतिमा १५० रन बनाएको थियो । उसका लागि डेविड वार्नरले ६२ बलमा नटआउट ७० रनको योगदान दिएका थिए ।

प्रतिक्रिया