शुक्रबार, असार ११ २०७८
काठमाडौं ०९:००
वासिङटन डिसी 23:15

फुड सप्लिमेन्टको प्रयोग : ‘प्रिभेन्सन ईज बेटर दैन क्योर’

सुरेन्द्र मानन्धर २०७५ चैत २६ गते १०:५३ मा प्रकाशित

स्वस्थ र दुरुस्थ चुस्त रहने हामी सबैको चाहना हुन्छ । तर हाम्रो जस्तो भौगोलिक र सामाजिक बिषमता रहेको विकासोन्मुख मुलुकमा स्वस्थ्य जीवन बिताउनु ठूलो चुनौती भएको छ । यद्यपि, पौने तीन करोड जनसंख्या रहेको हाम्रो देशमा ४५ अरब रुपैयाको औषधिको खपत छ । देश भित्र लगभग पाँच दर्जन औषधी उद्योग सन्चालित छन र तीन दर्जन औषधी उधोग सञ्चालन उन्मुख छन् । स्वदेशी औषधि उद्योगीहरुको दाबी अनुसार नेपालमा स्वदेशी औषधि उद्योगमा उत्पादित औषधिको खपत २० अरब मूल्य बराबरको रहेको छ । यो आंकडाले हाम्रो देशमा औषधिको अत्यधिक प्रयोग भैरहेको प्रष्ट इंगित गर्छ । विश्व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार संसारमा रहेको कूल औषधिको आधा जती औषधिको अनावश्यक उपभोग भइरहेको छ । र यसको प्रतिकूल प्रभाव मानव स्वास्थ्यमा परिरहेको कुरामा कुनै बिमति छैन । हामी नेपालीहरु पनि यसबाट बन्चित छैनौ । प्रष्ट के छ भने औषधिको अनावश्यक प्रयोगले मानव स्वास्थ्यमा हुने प्रतिकूल प्रभावबाट जोगिन हामीले औषधीको अनावश्यक प्रयोगलाई कम गर्नु पर्छ । र औषधिको अनावश्यक प्रयोगलाई कम गर्न हामीले हाम्रो जीवनशैली परिवर्तन गर्नुपर्ने आवश्यकता छ ।

औषधिले रोग निको त पार्छ तर मानव शरिरमा हुने आवश्यक तत्वको कमिलाई कहिलेपनि पुरा गर्दैन । मानव शरिरमा हुने आवश्यक तत्वको कमिलाई चिकित्सकिय भाषामा ‘माल न्युट्रिशन’ भन्ने गरिन्छ । ‘इन नेपाल, माल न्युट्रिशन इज अ साइलेन्ट इमरजेन्सि ’ भन्ने भनाइ युनिसेफको छ । युनिसेफको यो भनाईले प्रस्ट पार्छ की हाम्रो देशलाई माल न्युट्रिशनले कती गांजेकोछ ? माल न्युट्रिशनका कारणले मानव शरिरमा भिन्ना भिन्नै किसिमका ‘न्युट्रीशनल डिफिसिएन्सीहरू’ पैदा हुन्छन । वास्तवमा यही न्युट्रीशनल डिफिसिएन्सीहरु कतिपय रोगको मूल कारण पनि हुन सक्छ । मानव शरिरमा हुने यस्ता न्युट्रीशनल डिफिसिएन्सीहरुलाई हटाउने हो भने कसैलाई पनि रोग लाग्दैन । मानव शरिरमा हुने यस्ता न्युट्रीशनल डिफिसिएन्सीहरुलाई कसरी हटाउने त ? यो गम्भिर प्रश्नको सजिलो जवाफ हो सन्तुलित आहारको सेवन गर्नु अर्थात हाम्रो शरिरलाई चाहिने न्यूट्रिएंट्सहरु जस्तै भिटामिन्स, कार्बोहाइटेड, प्रोटीन, मिनरल्सहरुको सेवनबाट न्युट्रीशनल डिफिसिएन्सीहरुलाइ हटाउन सकिन्छ । हाम्रो शरिरलाई आवश्यक पर्ने पौष्टिक तत्वहरु दैनिक खानपानले मात्र पूर्ति हुन सक्दैन । यसका लागि हामीले फुड सप्लिमेंट दैनिक रूपमा खानु पर्ने हुन्छ ।

रोगको उपचारकालागि भौंतारिनु भन्दा त रोग नै लाग्न नदिनु बुद्धिमानी हो । अर्थात, प्रिभेन्सन इज बेटर देन क्योर भन्ने भनाईलाई मूलमन्त्र बनाउंदै आहारपूरक खाद्य पदार्थ ‘फुड सप्लिमेन्ट’ को उपभोग गर्ने जनचेतनाको विकाश गरियो भने अनावश्यक औषधिको उपभोगबाट हुने बिकृतिलाई हटाउन सकिन्छ । बिकसित मुलुक हरुमा आहारपूरक खाद्य पदार्थ ‘फुड सप्लिमेन्ट ’ हरुलाई रोगबाट बचाउने चिजको रुपमा लिइन्छ र ओ.टि.सी. प्रडक्ट भनेर सर्वत्र उपलब्ध हुन्छ । सजिलै मानिसले उपभोग गर्न पाउंछन । हाम्रो देशमा भने आहारा पूरक खाद्यपदार्थ ‘फुड सप्लिमेन्ट ’ हरुलाई प्रतिबन्धित औषधि भनेर प्रचार गरिन्छ । औषधि नियमन गर्नेहरू फुड सप्लिमेन्टलाई प्रतिबन्धित औषधि भन्न लाज मान्दैनन । औषधि र फुड सप्लिमेन्टको परिभाषा फरक छ भन्ने कुरा थाहा हुदा हुदै पनि नजर अन्दाज गर्छन

सम्बन्धित निकायका विज्ञहरूले फुड सप्लिमेन्टको महत्वलाई सहि तरिकाले समाजको सामु सचेतना जगाउनु जरुरी छ । यसरी औषधिको अनावश्यक प्रयोगलाई कम गर्न सकिन्छ ।विश्वका विकसित मुलुकमा फुड सप्लिमेन्टलाई लाईफस्टाईल प्रोडक्टको रूपमा स्वस्थ्य रहनका लागि दिनहू खाने गरिन्छ । विश्वव्यापी मान्यता अनुसार फुड सप्लिमेन्टलाई दैनिक आहारबाट नपुग्ने तत्वको पूरको रूपमा दिनहू खाएमा भविष्यमा भैपरि आउने रोगहरूबाट बच्न सकिन्छ । यस सन्दर्भमा जर्नल अफ न्युट्रीशनमा लेखिएकोछ, ‘मल्टिभिटामिन दिनहु खाने महिला वा पुरूषको तुलनामा मल्टिभिटामिन दिनहु नखाने महिला वा पुरूषलाई हृदयघात बढ़ी हुन्छ । ’तसर्थ, फूड सप्लिमेन्टहरुको उपायोगितालाई गुमराहमा राखेर प्रतिबन्धित औषधिको संज्ञा दिएर जनमानसमा भ्रमपुर्ण सन्देश सम्प्रेषण गर्नु आम उपभोक्ताको आधिकार हनन् गर्नु हो । यसलाई रोक्नु जरुरी छ ।

( मानन्धर, फूड, आयुर्बेदिक, न्युट्रास्युलिकल एन्ड कस्मस्युटिकल एशोसिएशनका केन्द्रिय अध्यक्ष हुन् )

प्रतिक्रिया