एनआरएन अमेरिकाको मतदाता नामावली हेर्दा षडयन्त्र अहिले देखि सुरु भएको आंशका

विजय थापा २०७५ चैत २६ गते १:४४ मा प्रकाशित

डिसी । स्थापना काल देखि नै विवादै विवादको भूमरीमा फसेको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिका अहिले पनि विवादको चक्रब्यूह बाट फुत्किन सकेको छैन । यसको ज्वलन्त प्रमाण मतदाता नामावली हेर्दा षडयन्त्र अहिले देखि सुरु भएको आंशका उब्जिन थालेको छ ।

आखिर जसरी भए पनि कुर्सि हत्याउन कुनै पनि हत्कण्डा अपनाउने क्रियाकलापको बिन्दु प्रारम्भ भएको अनुमान लगाउन सकिन्छ । यस बाट के बुझिन्छ भने यस पटक पनि चुनाव निष्पक्ष ,धाधली रहित हुन्छ भन्ने प्रकाशित भएको मतदाता सूची अनुसार बिश्वास गर्ने ठाउँ देखिदैन । फेरी पुरानै तरीका बाट एक छापे र एक समूह बिजयी हुने हो कि जस्तो अहिले नै अनुमान र अड्कल गर्न सकिन्छ ।

९ हजार १ सय ७२ मतदाता सूचीमा कहा आफ़्नो नाम खोज्ने हो । किन यसो गरिएको हो ? वर्णानुक्रम ( अल्फाबेटिक )क्रममा सरल तरिकाले मतदाता नामावली प्रकाशित नहुनुले शंका उप शंका हुनु कुनै नौलो कुरा हुदैन । बिगतमा वर्णानुक्रम ( अल्फाबेटिक ) अनुसार नामवली प्रकाशित भएको र सम्पूर्ण संघ/संस्थामा यसै अनुरुप निर्वाचन गराइने चलन हुन्छ ।

एनआर एन अमेरिका बिश्व कै सर्वाधिक सदस्यहरु भएकोले यस्तो कसैले नगरेको प्रविधि र पद्धति अपनाइने हो कि ? हरेक बर्ष चरम विवादमा मुछिदै आएको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिका सुध्रिदैन कि भन्ने झन् शंका उब्जिएको छ ।

आश्चर्यको कुरा पहिला भएका नामहरू समेत हटाईएको छ । उम्मेद्वारहरुले निर्वाचनमा जानु भन्दा अगाडि मतदाताको वास्तविक नामावलि र निष्पक्ष निर्वाचनको प्रत्याभूति भए मात्र निर्वाचनमा जान प्रवासी नेपाली मंच अमेरिकाका अध्यक्ष प्रभु थापाले जोडदार माग गरेका छन् ।

अन्तिम नामावलि प्रकाशन भन्दा अघि सम्म नाम भएकाहरूको पनि हाल नाम हटाईको अवस्थामा यो निर्वाचनमा भाग लिनु भन्दा सबैलाई समेट्दै सबैको सहभागिता हुने गरी वहालवालहरूलाई नराखि नयाँ एनआरएन नखोले सम्म यि विचौलियाहरूको दादागिरी कायमै रहने देखिएको थापाले सामाजिक संजाल मार्फत आफ्ना बिष ओकलेका छन् ।

यसै गरि यो मतदाता सूची प्रकाशित हुनासाथ अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ( ईन्जा)ले एनआरएनको निर्वाचन सम्बन्धमा आईसीसी समेतलाई मार्ग दर्शन हुने किसिमको निष्पक्ष अनुगमनको काम शुरू गरेको जनाएको छ । यस सम्बन्धमा ईन्जाका अध्यक्ष गुणराज लुइँटेललाई अनुसन्धान गर्नको लागि थुपै सूचनाहरु प्राप्त हुन थालेको उनले सामाजिक संजाल मार्फत जनाएका छन् ।

अमेरिका जस्तो देशमा शीप र ज्ञान भएका हजारौ एनआरएनहरु स्वयम सेवक रुपमा काम गर्न इच्छुक अवस्थामा एउटा नाम खोज्न ९१७२ कै नाम खोज्नु पर्ने अत्यन्तै जटिल तुरुन्तै हटाई सरल तरिकाले मतदान गर्न पाइने व्यवस्था समेत गरियोस भनि जोडदार माग गरिन थालिएको छ ।

सूचना प्रविधिका विशेष ज्ञान हासिल गर्नेले एकै छिनमा राज्य र वर्णानुक्रम ( अल्फाबेटिक) यो शङ्कास्पद नामावलीलाई क्रमबद्ध रुपमा गर्न सक्ने छन् । यसै गरि गैर आवसित नेपाली संघ राष्ट्रिय समन्यवय समिति अमेरिकाका वर्तमान संचालक समिति सदस्य तथा अध्यक्ष पदका उम्मेदवारले एनआरएन द्वारा जारी मतदाता नामावली प्रकाशित प्रति घोर आपत्ति जनाएका छन् । निर्वाचन समितिलाई ध्यानकर्षण गराउदै पुन प्रकाशन गर्न अनुरोध समेत गरेका छन् ।

उनले ९ हजार १ सय ७२ मा आफ्नो नाम कहॉ खोज्ने भन्दै सबैमा ध्यानाकर्षण गराएका छन । मतदाताहरुको सुची वर्णानुक्रम ( अल्फावेट) तरिकाले राखियोस् भन्दै निर्वाचन समितिलाई अनुरोध गरेका छन् ।

थापा भन्दछन , हामी सबैको साझा र प्यारो संस्था एनआरएन एनसिसीको निर्वाचनको निकट आइपुगेका छौं l संस्थालाइ सबैको प्रिय मात्रै नभएर यसलाइ सबैको निम्ति विश्वासयोग्य बनाउने अभियानले क्रमश एउटा गति लिएर गएको छ भनेका छन् । हामि सबैको पहल, प्रयत्न र खवरदारीमा भएको यो उपलव्धि वास्तवमै गौरव योग्य छ l यद्धपि हामीले गर्नु पर्ने थुप्रै काम अझै बाँकी नै छ भनि आफ्ना विचारहरु पस्केका छन् ।

थापाले मतदाताहरुको सुची राज्य अनुसार गरियोस र मतदाताहरुको सुची वर्णानुक्रम ( अल्फावेट) अनुसार गरियोस भनि मांग राखेका छन् ।

जबसम्म एनआरएनए अमेरिका बिधि र बिधानले चल्दैन , जबसम्म संस्थामा केहि ब्यक्ति वा समुह हावि रहन्छन तबसम्म कुनै माईकलालले पनि संस्था सुधार्न सक्दैन भनि संचारकर्मी सच्ची मैनाली तितो सत्य पोखेकी छिन् । आश्चर्यको कुरा सदस्यता बन्ने क्रममा गत बर्ष झैँ यस बर्ष पनि सदस्य बन्ने अन्तिम समयमा सर्भर डाउन (जालवितरक बिग्रिएको ) भनि संजाल (वेबसाइट)मा सूचना टास गरियो । खै त्यसको जवाफ र प्रतिबेदन ?

यो निश्चित छ एनआरएन अमेरिका सीमित व्यक्तिहरुको हातमा छ । यो सबैको सांझा भनिएता पनि सांझा फूलबारी बन्न सकेको छैन । अझ पनि अमेरिकामा रहेका नेपालीहरु एनआरएन अमेरिकाको चुनाव निष्पक्ष धाधलीरहित हुन्छ भन्ने कुरामा बिश्वस्त हुन् सकेका छैन ।

सामाजिक संजालमा छ्याप छ्याप्ती किर्ते हुलिया ( फेक आईडी)हरु यही सस्थाको नामबाट संचालन भै रहदा पनि संस्थाले कानमा तेल हालेर बसेको अवस्था छ । यस्ता सामाजिक संजालमा बनाईएका छद्म भेषीहरुको खोजीनीति गर्नुको सट्टा मौन भएर बसेको देख्दा आगामी निर्वाचन निष्पक्ष होला भन्ने कुरामा हामी सबैमा दुबिधा रहेको छ ।

तस्बिर :बिमल नेपाल बोस्टन

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया