शनिबार, असार ५ २०७८
काठमाडौं १३:०७
वासिङटन डिसी 03:22

हामी संचार माध्यम अनि हाम्रा बिचार

शशी केसी

इनेप्लिज २०७५ चैत २५ गते २२:३९ मा प्रकाशित

शशी केसी ,हामी सबैको दैनिकी केही न केहीमा व्यस्त भएर नै बितिरहेकै हुन्छ। जागिर, घरपरिवार,चाडपर्वमा नातागोता, साथीहरूसंग भेटघाट, केटाकेटीको खेलकुद , कहिलेकाहीं रमाइलो ठाँउहरूको घुमघाम र फुर्सद निकालेर केही संघ/संस्थामा सहभागी आदि ईत्यादी ।

तर जतिनै व्यस्त भएपनि केही समय निकालेर हामी आफ्ना बरिपरी के भइरहेको छ बुझ्न बिभिन्न संचार माध्यमहरू : टेलिभिजन, अनलाइन पत्रिका, सोसल मिडियाहरू हेरिनै हाल्छौं। अहिले त झन सजिलो र भरपर्दो माध्यम युट्युव र फेसवुक भएको छ, धेरै जसोको हातहातमा क्यामरायुक्त फोन छ, कतै केही घटना भयो की फोटो, भिडियो खिचेर राखिदिए भयो।

अनि व्यस्तताबाट केही समय निकालेर हेरिएका ती समाचारहरू हेरेर तुरून्तै हामी हाम्रा बिचार बनाइ हाल्छौं। यसो विचार गर्दा,हामी नेपाली चाहे बिदेशमा बस्ने हौं वा चाहे नेपाल मै बस्ने नै खै के कति कारणले हो सकारात्मक समाचार भन्दा नकारात्मक समाचारतिर नै बढि रूची राख्ने गर्छौं,साथसाथै त्यसैमा रमाउँछौं।

कुरा गरौं,यो हप्ता धेरैनै चर्चामा आएको पहिलो बिषय बारा पर्साको आँधीबेरी: यो घटना भएको थाहा पाउनेसाथ त्तुरून्तै मानवताको नाताले सहयोग जुट्न थाल्यो संसारभर छरिएका नेपालीबाट, नेपालमा हुने सहयोगी हातहरू कुदाकुद सहयोग लिएर पुगे र उद्दारमा जुटे।

प्राकृतिक आपत बिपतको बेला धनजनको क्षती न्युनपार्न त अनेक उपाय गर्छन बिकशित देशहरूमा पनि तर रोक्न त कसैले नसक्नेनै रहेछ।अमेरिका, जापानतिर बेलाबेलामा टोर्नेटो, बाढी, सुनामी, भुईंचालो आदीले दु:ख दिएको समाचार हेर्ने,सुन्ने गरिन्छ। अव नेपालको कुरा गर्दा जो जति सहयोग जुट्यो त्यो त स्वइच्छा मानवताको नाताले जुट्यो।

होला लग्नेले चाउचाउ,बिस्कुट थोरे केही लगे होलान्, सबैलाई दिन पुग्ने थिएन होला, फोटो पनि खिचे होलान्। त्यसमा साधारण सहयोगीहरूको के दोष त। यसो हेर्दा एकथरीलाई यस्तो बेलामा पनि आलोचना गर्न मै ठिक्क छन्, यसरी सहयोगले केही हुँदैन, सबै देखावटी हो आदीइत्यादी। सबैले यसरी नै नकारात्मक सोच्ने हो भने आपतविपतमा आफुलाई पर्दा कसले सहयोग गर्ला त्यो सोच्न जरूरी छ । राज्यले गर्ने काम गर्ला आफ्नै ढंगले।

अब दोस्रो चर्चाको विषय,मिस नेपाल २०१९ को लागि पहिलो चरणको छनोट प्रक्रिया: एकजना सहभागी र निर्णायकको संम्बादको भिडियो हेर्दा निर्णायक जस्तो पदमा बसेर भन्ने तरिका चाहीं एकदम गलत हो। उँहा पहिलो मिस नेपालदेखिको प्रशिक्षक पनि रे तर उँहा आफैलाई पनि प्रशिक्षणको जरूरी देखियो त्यो भिडियोमा त ।

अनि अर्को तर्फ कुनै सहभागीले आफु कस्तो कार्यक्रममा भाग लिन जाँदै छु ,त्यसको नियम, आवश्यकता के हो त्यो पनि बिचार गर्नु पर्ने देखियो सहभागीलाई हेर्दा। होइन भने भाग नै लिन भएन। अव यस बिषयलाई लिएर निर्णायकको कारणले गर्दा “मिस नेपाल २०१९”नै बहिस्कार गरौं, हस्ताक्षर गरौं भन्दै आव्हान गरेको फेसवुकभरि देखिंदैछ ।

तर कत्ति छिटो पोहोरको कुरा सबैले बिर्सियो। पोहोर नेपालको गौरव हो “मिस बल्ड २०१८”मा अत्यधिक मत दिएर नेपाली चेलीलाई जिताऔं भन्दै फेसवुकमा धेरैले एकजना सहभागलाई भोट मागेको हैनर। मिस नेपाल पोहोर चाहीं ठिक, यस बर्ष चाहीं बेठिक।

हो यो घटनाले पक्कै पनि “मिस नेपाल” संचालन गर्ने संस्थाले समय अनुसार परिवर्तन गर्ने नै छ र गर्नु पनि पर्छ नै तर सबैले बिरोध गरे भनेर बिरोध ठिक होला र। अनि राम्रो बन्न व्युटिपार्लर कोमात्र जाँदैन र।

अन्तमा सोच सकारात्मक बनाऔं

प्रतिक्रिया