आइतबार, जेठ ३० २०७८
काठमाडौं ०३:३०
वासिङटन डिसी 17:45

एनआरएन मतदाता नामावली प्रकाशित प्रति अध्यक्षका उम्मेदवार संजय थापाको असहमति तथा घोर आपत्ति

विजय थापा २०७५ चैत २५ गते २२:१८ मा प्रकाशित

गैर आवसित नेपाली संघ राष्ट्रिय समन्यवय समिति अमेरिकाका वर्तमान संचालक समिति सदस्य तथा अध्यक्ष पदका उम्मेदवारले एनआरएन द्वारा जारी मतदाता नामावली प्रकाशित प्रति घोर आपत्ति जनाएका छन् । निर्वाचन समितिलाई ध्यानकर्षण गराउदै पुन प्रकाशन गर्न अनुरोध समेत गरेका छन् ।

उनले ९ हजार १ सय ७२ मा आफ्नो नाम कहॉ खोज्ने भन्दै सबैमा ध्यानाकर्षण गराएका छन । मतदाताहरुको सुची वर्णानुक्रम ( अल्फावेट) तरिकाले राखियोस् भन्दै निर्वाचन समितिलाई अनुरोध गरेका छन् ।

थापाको छापा बिज्ञप्ति जस्ताको तस्तै को पूर्ण पाठ :

आदरणीय अमेरिकावासी दाजु भाइ दिदि वहिनीहरु

हार्दिक अभिवादन

हामि हामी सबैको साझा र प्यारो संस्था एनआरएन एनसिसीको निर्वाचनको निकट आइपुगेका छौं l संस्थालाइ सबैको प्रिय मात्रै नभएर यसलाइ सबैको निम्ति विश्वासयोग्य बनाउने अभियानले क्रमश एउटा गति लिएर गएको छ l हामि सबैको पहल, प्रयत्न र खवरदारीमा भएको यो उपलव्धि वास्तवमै गौरवयोग्य छ l यद्धपि हामीले गर्नु पर्ने थुप्रै काम अझै बाँकी नै छ , र विगतमा झैं आउने दिनमा पनि सबै मिलेर एनआरएनलाइ भरोसायोग्य बनाउन थुप्रै गर्नु पर्ने छ , र त्यसो गर्दै गर्दा हरेक कदम बढो सावधानीपुर्वक चाल्नु पर्ने छ l

यसो भन्दै गर्दा निर्वाचन कमिटिले सार्वाजनिक गरेको मतदाता नामावलीले हाम्रो साझा अभियान र सपनाको मर्म नबुझेको पो हो कि जस्तो लागेको छ l सदस्यहरुलाइ सुचिकृत गर्दा वर्णानुक्रम अनुसार , ठेगाना अनुसार लयवद्ध नगरिएकोले निर्वाचन विश्वसनीय हुँदैन कि भन्ने आशंका गर्नेहरुलाइ शंका गर्ने आधार मात्रै दिएको छ l तसर्थ, म निर्वाचन कमिटिलाइ निम्न अनुसारको प्रक्रिया अपनाउदै मतदाता नामवली पुन प्रकाशन गर्न अनुरोध गर्दछु :

१. NRNA NCC USA को निर्वाचनको भोटर लिष्ट प्रकाशित भएछ तर अचम्म यत्रो ९१७२ मा आफ्नो नाम कहॉ खोज्ने
१. मतदाताहरुको सुची राज्य अनुसार गरियोस
२. मतदाताहरुको सुची वर्णानुक्रम ( अल्फावेट) अनुसार गरियोस l
३. मतदाताले आफ्नो नाम खोज्दा सजिलै पाउने व्यवस्था गरियोस

सँस्थाको विश्वसनीयता , निर्वाचन कमिटिको निस्पक्षता समेतलाइ ध्यानमा राखेर अगाडी सारिएको उल्लेखित मागहरुलाइ तत्काल सुनुवाई गरिने अपेक्षा सहित गम्भीरताको निम्ती आग्रह गर्दछु l

प्रतिक्रिया