आइतबार, जेठ ३० २०७८
काठमाडौं ०२:४४
वासिङटन डिसी 16:59

अनेसास, वाशिङ्गटन डि सी मेट्रो कमिटी, निर्बाचन समितिको सूचना

इनेप्लिज २०७५ चैत २५ गते २१:३८ मा प्रकाशित

निर्बाचन समितिको घोषित तालिका बमोजिम पर्न आएका उम्मेदवारीहरू उपर छानबिन गर्दा सबै रित पुगेको देखिएकाले तपसिल बमोजिम उम्मेदवारी नामावली प्रकाशित गरेको ब्यहोरा सबैको जानकारीका निम्ति अनुरोध छ।
तपसिल

१:- भुपनारायण घर्तिमगर – अध्यक्ष

२:- अरूण रूपाखेती – उपाध्यक्ष – जनरल
३:- रजनी श्रेष्ठ – उपाध्यक्ष – महिला
४:- पुष्कर पन्त – उपाध्यक्ष – सँस्कृति
५:- मुकुन्द कोईराला – महासचिव
६:- नीलकण्ठ सुबेदी – सचिब
७:- असिब (खगेन्द्र) थापा- कोषाध्यक्ष
८:- अम्बिका गुरूड़्ग – कार्यकारी सदस्य
९:- रबिन्द्र भक्त श्रेष्ठ – कार्यकारी सदस्य
१०:- अनिल खनाल – कार्यकारी सदस्य
११:- बीकास अधिकारी – कार्यकारी सदस्य
१२:- गोमा न्यौपाने – कार्यकारी सदस्य
१३:- सुनिता खत्री – कार्यकारी सदस्य
१४:- लोक कुमारी सुबेदी – कार्यकारी सदस्य
१५:- सकुन्तला अधिकारी – कार्यकारी सदस्य
१६:- रोजा वली( राज कुमारी) – कार्यकारी सदस्य
१७:- संगिता पन्त – कार्यकारी सदस्य
१८:- सुजना ढकाल – कार्यकारी सदस्य
१९:- सन्देश शर्मा – कार्यकारी सदस्य
२०:- अनिल रूपाखेती – कार्यकारी सदस्य

प्रार्थी,

डा• होम बहादुर थापा – प्रमुख निर्बाचन आयुक्त
डा• अनिल सुवाल- निर्वाचन आयुक्त
शुभा गौतम नेपाल- निर्वाचन आयुक्त
अनेसास वाशिङ्गटन डि सी मेट्रो कमिटी
निर्बाचन समिति – २०१९
अप्रिल ८ , २०१९

अनेसास, वाशिङ्गटन डि.सी. मेट्रो कमिटीको कार्यसमितिका तर्फबाट जारी प्रेस विज्ञप्ती  

आफ्नो निर्धारित अबधी सफल ढङ्गले पुरागरी निर्वाचनका माध्यमबाट नयाँ कार्य समितिलाई जिम्मेवारी हस्तान्तरण गरी बिदा हुने अन्तिम चरणमा रहेको अनेसास, वाशिङ्गटन डि.सी. मेट्रो कमिटीको  नयाँ कार्य समिति चयनका निम्ति कार्य समितिले विधान बमोजिम सर्बसम्मतिबाट निर्वाचन समिति चयन गरि,  निर्वाचन समितिले बिधि सम्मत र पारदर्शी ढङ्गले निर्वाचन कार्यक्रम अघि बढाइरहेको सर्बबिदितैछ । यस्तो सौहार्दपूर्ण बातावरणको पूर्ण प्रजातान्त्रिक निर्वाचनमा कहीँ कतै कुनै भ्रम सिर्जना गर्ने काममा संलग्न नहुन कार्य समितिको तर्फबाट जो कोही लाई पनि हामी हार्दिक अनुरोध गर्दछौं।

सँस्थाका सबै गतिबिधी एबम निर्वाचनका अपडेटहरु खुल्ला किताबका रुपमा संस्थाको वेबसाइट www.inlsdc.blogspot.com मा सार्वजनिक रुपमा प्रकाशित छन । धन्यवाद ।

प्रार्थी,
रामप्रसाद खनाल – अध्यक्ष  एबम
अनेसास वाशिङ्गटन डि सी मेट्रो कमिटी समस्त परिवार ।
April 08, 2019

प्रतिक्रिया