बुधबार, असार ९ २०७८
काठमाडौं ०५:५७
वासिङटन डिसी 20:12

ट्रम्पले सेक्रेट सर्भिस निर्देशक हटाए

यादवराज जोशी २०७५ चैत २५ गते १८:५६ मा प्रकाशित

 

यादवराज जोशी ,अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गुप्तचर सेवा (सेक्रेट सर्भिस) निर्देशक रेन्डोल्फ एलेजलाई सोमबार बर्खास्त गरेका छन् । एलेजको बर्खास्ती गृह मन्त्री क्रिस्टेन नेल्सनको राजीनामाको २४ घन्टा नबित्दै भएको हो । नेल्सनले आईतबार पदबाट राजीनामा दिएकी थिइन ।

ह्वाईट हाउसका प्रेस सेक्रेटरी सारा हचबीले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति ट्रम्पले एलेजको सेवाको लागि धन्यवाद दिएको उल्लेख गरिएको छ । “निर्देशककोरुपमा उहाँले विगत दुईवर्षमा उत्कृष्ठ काम गर्नु भयो, राष्ट्रपति ट्रम्प उहाँको ४० वर्षभन्दा लामो सेवाको लागि धन्यवाद दिनु भएको छ,” विज्ञप्तिमा भनिएको छ ।

एलेजको स्थान सेक्रेट सर्भिसकै जेम्स एम मुरेले लिने छन् । “उहाँ चाडै नै पद छाडदै हुनुहुन्छ, उहाँको स्थान जेम्स एम मुरेले लिनु हुनेछ,” विज्ञप्तिमा भनिएको छ । अमेरिकी मिडिया सिएनएनले सोमबार अपरान्ह पहिलोपटक यो समाचार प्रशारण गरेको थियो ।

स्रोतः सिएनएन, एनबिसी न्यूज

प्रतिक्रिया