शुक्रबार, असार ४ २०७८
काठमाडौं ०८:१७
वासिङटन डिसी 22:32

इरानी सेना आतंककारीः अमेरिका

कुनै पनि देशको सेनालाई आतंकवादी घोषणा गरेको पहिलोपटक

यादवराज जोशी २०७५ चैत २५ गते १८:२९ मा प्रकाशित

 


अमेरिकाले इरानको सेना इस्लामिक रिभोल्युसनरी गार्ड क्रपलाई आतंककारी संगठन घोषणा गरेको छ । परमाणु कार्यक्रम अन्त्य इरानलाई थप दवाव दिन यो निर्णय अचानक गरिएको हो । अमेरिकी सञ्चारमाध्यमले यसलाई “अप्रत्यासित घटना” भनेका छन् ।

इरानी सरकारले अमेरिकाको यो कदमको प्रतिरोध गर्ने जनाएको छ । इरानी सांसदहरु अमेरिकी सेनालाई आतंकवादी घोषणा गर्ने कानुन निमार्णमा जुटेको इरानको सरकारी समाचार संस्था इर्नाले जनाएको छ । “हामीले पेन्टागन र त्यसको सेनालाई आतंकवादी घोषणा गर्दै छौ,” विदेश मन्त्री मोहम्मद जाबेद जारिफलाई उदृत गर्दै इर्नाले लेखेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इरानी सेना रिभोल्युसनरी गार्ड क्रपले आतंकवादीलाई आर्थिक, भौतिक र नैतिक समर्थन गरेको बताउर्दै आतंकवादी घोषणा गरेका थिए । “इरान राष्ट्र स्वयं नै आतंकवादको प्रायोजक हो र रिभोल्युसनरी गार्ड क्रपले खुल्लारुपमा आतंकवादलाई आर्थिक, भौतिक र नैतिक समर्थन गर्दै आएको छ,” ह्वाईट हाउसद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अमेरिकाले कुनै पनि देशको सेनालाई आतंकवादी घोषणा गरेको यो पहिलोपटक हो । “यदि तपाई रिभोल्युसनरी गार्ड क्रपसंग सहकार्य गर्नु हुन्छ भने तपाई आतंकवादलाई सघाईरहेको हुनुहुन्छ,” ट्रम्पद्वारा जारी विज्ञप्तिमा भनिएको छ । रिभोल्युसनरी गार्ड क्रपको स्थापना इस्लामिक आन्दोलनपछि सन् १९७९ मा भएको थियो ।

अमेरिकाका अनुसार, रिभोल्युसनरी गार्ड क्रपको प्रत्यक्ष सम्लग्नता सन् १९९६ मा साउदी अरेबियाको खोबार अर्पाटमेन्ट बमबारी र सन् २०११ मा वासिड.डनसिथ्त साउदी राजदुतको हत्या गर्ने बम आक्रमणमा थियो । खोबार अर्पाटमेन्ट बमबारीमा १९ अमेरिकनको ज्यान गएको थियो ।

अमेरिकाले यसअघि नै इरानको नौसय ७० भन्दाबढी एजेन्सीमाथि प्रतिवन्ध लगाई सकेको छ ।

स्रोतः सिएनएन, एनपिआर र एजेन्सीहरु

प्रतिक्रिया