मंगलबार, असार ८ २०७८
काठमाडौं ०६:५५
वासिङटन डिसी 21:10

अनेसास वासिङ्टन डी सी मेट्रो च्याप्टरको निर्वाचन स्थगित गर्ने सन्दर्भमा

इनेप्लिज २०७५ चैत २५ गते १०:५३ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डी सी मेट्रो च्याप्टरको निर्वाचनका लागि गठन भएको निर्वाचन समितिले गत मार्च ३१ मा सार्वजनिक गरेको निर्वाचन कार्यतालिका र निर्वाचनसम्बन्धी सूचनाका सन्दर्भहरुलाई उल्लेख गरी सो च्याप्टरका मतदाताहरुबाट निर्वाचन प्रकिया पारदर्शी र त्यसमा सुधार नहोउन्जेलका लागि निर्वाचन कार्यक्रम स्थगित गर्न भनी अनेसास बोर्ड अफ ट्रस्टीजमा लिखित अनुरोध आए अनुसार अप्रिल ७, २०१९ मा बोर्डअफ ट्रस्टीजका अध्यक्ष गीता खत्रीको अध्यक्षता र प्रमुख सल्लाहकार डा श्याम कार्कीको उपस्थितिमा कार्यसमितिको आकस्मिक बैठक बस्यो ।

अनेसासका वर्तमान विधान, निर्वाचन निर्देशिका र अनेसासको हातेकिताबका बुँदाहरुसित वासिङटन डीसी च्याप्टरका कतिपय धाराहरु र हाल निर्वाचन समितिले सार्वजनिक गरेको सूचना मेल नखाएको देखिएको सन्दर्भ समेतमा छलफल भयो । यस अवस्थामा हाललाई निर्वाचन कार्यक्रम स्थगित गर्न निर्वाचन समितिलाई निर्देशन दिने देहायका महानुभावहरुको संलग्नतामा वासिङ्टन डी सी मेट्रो च्याप्टरको विधान, यसका सदस्य संख्यालगायतका विषयमा विशेष अध्ययन गर्न एक तथ्य अध्ययन समिति गठन गर्ने निर्णय गर्नुका साथै सो समितिले अध्ययन प्रतिवेदन नबुझाएसम्म निर्वाचनका सबै कार्यक्रम हाललाई स्थगित गर्न केन्द्रीय कार्यसमितिलाई निर्देशन दिने निर्णय गरेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ ।

निर्वाचनको प्रक्रिया सच्याई निर्वाचन गराउन अनेसास केन्द्रीय कार्यालयबाट निर्वाचन समितिलाई पत्र पठाइ सकिएकोले सो पत्रअनुसार निर्वाचन स्थगित नभएको अवस्थामा निर्वाचनको परिणाम अनेसासको विधान २०१६ र निर्वाचन निर्देशिका २००८ अनुसार रद्द हुने व्यहोरा पनि सूचित गरिन्छ ।

तथ्य अध्ययन समिति :

संयोजक :गीता खत्री ,अध्यक्ष ,अनेसास बोर्ड अफ ट्रस्टीज

सदस्य : राधेश्याम लेकाली अध्यक्ष ,अनेसास केन्द्रिय समिति

सदस्य :पुरु सुबेदी ,उपाध्यक्ष अनेसास ,बोर्ड अफ ट्रस्टीज

प्रतिक्रिया