काजिश श्रेष्ठको निर्देशनमा ‘ महाशय ’ हेर्नुहोस भिडियो

इनेप्लिज २०७५ चैत २५ गते ९:५४ मा प्रकाशित

काठमाडौं, चैत । पछिल्लो समयका व्यस्त भिडियो निर्देशक काजिश श्रेष्ठको निर्देशनमा निकै मार्मिक लोकदोहोरी ‘ महाशय ’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायिका ल्हामु शेर्पा र गायक झकेन्द्र परियारको आवाज रहेको छ । गीतलाई मालती म्युजिक प्रालीले बजारमा ल्याएको हो ।
डम्वर चन्द बगरको शब्द सिर्जना तथा रामु खड्काको संगीत गीतमा रहेको छ । घमण्डको कारण प्रेमी प्रेमिका विचमा हुने मतभेदलाई गीतमा समेटिएको छ । निकै आकर्षक रुपमा भिडियो तथा अडियो निमार्ण गरिएकाले आम दर्शक तथा स्रोताले निकै मन पराउने अपेक्षा राखेको गायक भकेन्द्रले बताए ।
सागर गौत्तमको छायाँकन , अमर शाक्यको सम्पादन तथा काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘ महाशय ’गीतको भिडियोमा सुमन परियार र रुपा कडेँलको अभिनय रहेको छ ।

‘ महाशय ’ गीतको भिडियो हेर्नुहोस ।

प्रतिक्रिया