नेपाली जनता दलको अध्यक्षमा हरिचरण शाह सर्वसम्मत

इनेप्लिज २०७५ चैत २५ गते ९:४५ मा प्रकाशित

दुई नम्वर प्रदेशको एउटा मुख्यदल

नेपाली जनता दलको केन्द्रीय अध्यक्षमा पुनः हरिचरण शाह चयन भएका छन् । शुक्रबारबाट हेटौंडामा भएको ५ औं राष्ट्रिय महाधिवेशनले शाहको अध्यक्षतामा २४ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

यही चैत्र २२,२३ र २४ सम्म चलेको ३ दिने महाधिवेशन कार्यक्रम हेटौडाको राप्ती पूल नजिकै रहेको गोरक्षेश्वर मन्दिर (धाम)को धर्मशालामा सम्पन्न भएको थियो । कार्यक्रमको ऊद्घाटन प्रदेश न. ३ को अर्थ मन्त्री श्री कैलाश ढुङेल र अध्यक्ष हरि चरण शाह द्वारा पाँचौ ओटा मैनबती बालेर संयुक्तरूपमा उद्धघाटन गरिएको थियोभने बक्ताहरूले देशमा गणतन्त्र माथी कूनै खतरा नरहेके/नभऐको निस्कर्ष निकालेका थिए, बन्द सत्र को कार्यक्रम बाट १ अध्यक्ष र २४ केन्द्रीय सदस्य सहितको २५ प्रत्यक्ष निर्वाचित केन्द्रिय कार्य समितीले आगामी नयां बर्ष २०७६ बैशाख ५,६,७ गते हूने बैठकमा प्रत्यक्ष निर्वाचित केन्द्रीय समितीको परामर्शमा बिधान बमोजिम थप १६ जना मनोनित गरेर जम्मा ४१ जना को पूर्ण केन्द्रिय कार्यसमितीको बैठकबसी महाधिबेशन बाट पारित बिधान र कार्यासमिती को पूर्ण समानुपातिक/समाबेसी नामाबली पत्रकार सम्मेलन पश्चात निर्वाचन आयोगमा बुझाऊने कार्यक्रम रहेको जानकारी पनि गराईएको थियो ।

त्यस्तैं सदस्यहरुमा सरोजप्रसाद कलवार, रामबाबु राजक, रामविलाश सदाय, सुनितादेवी शाह, रामकुमार यादव, तेजनारायण चौधरी, हासिम दर्जी, श्यामबाबु शाह, जयकिशोर मण्डल, रामबालक शाह, झगरु महरा, हितकुमार मगर, बेचन कुमती, मुन्जयकुमार राउत, मनोजकुमार रौनियार, पाञ्चु शाह, राजकुमार झा, जितेन्द्रप्रसाद शाह, रामप्यारे पासवान, रघु परियार, श्रवण चौधरी र जिवछी चौधरी रहेका छन् ।

हेटौंडामा भएको महाविधेशन लगत्तैं पहिलो बैठक पनि बसेको थियो । महाधिवेशनमा देशभरका ४४ जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको अध्यक्ष शाहले बताए ।

प्रतिक्रिया