आइतबार, असार ६ २०७८
काठमाडौं ०३:३२
वासिङटन डिसी 17:47

मेरिल्याण्ड तल्लो सदनका सभामुख माइकल बुसको ७१ बर्षको उमेरमा मृत्यु

इनेप्लिज २०७५ चैत २४ गते २१:०३ मा प्रकाशित

मेरिल्याण्ड राज्यको तल्लो सदनका सभामुख माइकल ई बुसको ७१ बर्षको उमेरमा मृत्यु भएको छ । आइतबार दिउसोको समयमा उनको मृत्यु भएको उनका कर्मचारीले एक वक्तब्य मार्फत जानकारी दिएका छन् ।

उनि गम्भीर रुपमा निमोनिया(फोक्सो सुन्नीने रोग )बाट उनको मृत्यु भएको हो । वक्तब्यका अनुसार उनलाई भेन्टिलेटर (वायु संचारक)मा राखिएको थियो ।

लामो समय देखि उनि डेमोक्रेटिक दलका एक सशक्त राजनैतिक व्यक्ति थिए भने मेरिल्याण्डको ईतिहासमा सर्वाधिक सभामुख भै काम गरेका थिए । गत हप्ता उनलाई अस्पताल भर्ना गरिएको थियो ।

तस्बिर/संचार श्रोत “वाशिंगटन पोस्ट/बाल्टिमोर सन

प्रतिक्रिया