नेपाली नयाँ बर्षको कार्यक्रममा सरिष्मा, संजिप तथा दिपेशले युरोप तताउने

विजय थापा २०७५ चैत २४ गते १२:३० मा प्रकाशित

डिसी । नेपाली नयाँ बर्ष २०७६ लाई भब्यताका साथ स्वागत गर्न र मनाउन अमेरिकामा बस्दै आएका कलाकारहरु सरिष्मा अमात्य ,संजिप प्रधान तथा दिपेश कुमार भट्टराईले आफ्नो प्रस्तुति मार्फत युरोप तताउने भएका छन् ।

सरिष्मा अमात्य र संजिप प्रधान जोडी हुने भने मेरिल्याण्ड राज्यमा कलाकारिताको अतिरिक्त व्यवसाय गर्दै आई रहेका छन् । समय समयमा दम्पत्तिले अमेरिकाका विभिन्न स्थानमा आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्दछन भने दर्शकले भरपुर मनोरन्जन लिई रहेका छन् ।

यसै गरि चर्चित कलाकार तथा गायक दिपेश भट्टराईले पनि अमेरिकामा बिभिन्न स्थानमा हुने कार्यक्रममा प्रस्तुत गर्दै आई रहेका छन् । कलाकारहरु बर्षको सर्वाधिक व्यस्त हुने समय भनेको नै नयाँ बर्ष र दशैँ तिहार हो । यस्मा कलाकारहरु रमाउछन र दर्शकहरुले भरपुर मनोरंजन लिन्छन ।

विदेसिएका दर्शकले नयाँ बर्ष र चाडपर्वमा नेपाली गीत ,संगीत ,कला ,संस्कृति झल्कने प्रकारका प्रस्तुतिलाई धेरै माया गर्छन । बिदेशमा रहेका दर्शक र संघ संस्थाले खोजि खोजि कलाकारहरुलाई झिकाउने र नेपाली समुदायलाई मनोरंजन प्रदान गर्ने गर्छन ।

यही क्रममा अमेरिकामा रहेका सरिष्मा अमात्य ,संजिप प्रधान तथा दिपेश कुमार भट्टराईलाई युरोपका केही देशहरुमा आमन्त्रित गरिएको छ ।

यो समयमा अधिकांश कलाकारहरुलाई भ्याईनभ्याई हुन्छ । आगामी अप्रिल १३ तारिख युरोपको डेनमार्कको कोपेनहेगनमा प्रस्तुति रहने छ । यसै गरि अप्रिल १४ तारिखका दिन नर्वेको ओस्लोमा अर्को प्रस्तुति हुने छ । यसै गरि अप्रिल १६ का दिनमा पोर्चुगलको क्वारतेरामा तथा अप्रिल २० का दिन पोल्याण्डको वार्स्वमा हुने छ ।

दिपेश किशोरका चर्चित गीतहरु भेडाको ऊन जस्तो,के म तिम्रो साथी ,होस् हराए पनि लगायत गीतहरु छन । यसै गरि संजिप प्रधानका चर्चित गीतहरु सिरिमा सिरी वैसको बेला ,नसा भित्र नसा सरि देउरालीको चौतरीमा आदी ईत्यादी रहेका छन् भने सरिश्मा अमात्यका म तिमीलाई माया गर्छु ,ओ मेरो प्रियतम ,किन तिमि टाडा हुन्छौ ,तिमि नै दिलको धडकन जस्ता चर्चित गीतहरु रहेका छन् ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया