नेकपाको प्रदेश अध्यक्ष साहले गरे दुई सडकको शिलान्यास

इनेप्लिज २०७५ चैत २४ गते ११:५० मा प्रकाशित

सञ्जय मित्र, रौतहट

रौतहट क्षेत्र नम्बर ३ का साँसद एवम् नेकपा प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले शनिवार दुईवटा पक्की सडकको शिलान्यास गरेका छन् । संघीय सरकारबाट निर्माण हुने दुईवटा सडकको छुट्टाछुट्टै शिलान्यास गर्दै साँसद साहले प्रदेश सरकारको गतिविधिले गर्दा प्रदेशका नागरिकको सम्मानमा ठेस लागेको अनुभूति भएको प्रदेश नं.२ को नेकपा अध्यक्ष प्रभु साहले बताएका छन् ।

करिब सबै प्रदेशको भन्दा बढी मन्त्री पालेर प्रदेश सरकारले अन्य प्रदेश सरकारको तुलनामा खासै केही काम नगरेको र संघीय सरकारले काम गर्न नदिएको आरोप लगाउने गरेको सुनेर प्रदेश सरकारबाट नागरिक अपमानित महसुस गरेको बताएका छन् ।
प्रदेश सरकारले आफूले कामै नगर्ने र अरुले गर्न खोजेको काममा आफ्ना कार्यकर्तामार्फत भाँजो हाल्ने गरेको आरोप लगाउँदै नेकपाको प्रदेश अध्यक्ष साहले प्रदेश सरकारले के गरेको हो भनी उपलब्धि जनताले पनि गर्नुपर्ने अवस्था आएको बताएका छन् । साँसद साहले लोकतन्त्र जनअभिमतको आधारमा चल्नुपर्नेमा कतिपय अवस्थामा व्यक्तिवादितातर्फ गइरहेको संकेत देखिएको पनि बताएका छन् ।

देवाही गोनाहीमा स्थानीय सरकारको बहुमत उपमेयरको साथमा रहेकोले मेयरले गत असारमै गर्नुपर्ने नगरसभा अहिलेसम्म नबोलाएको सहमतिको बाटो दुवै पक्षले खोज्नुपर्ने साहले बताएका छन् । साँसद साहले दुवै पक्षले जनमतको कदर गर्दै एक अर्कालाई सम्मान गरेर काम गर्नुपर्ने सुझाव समेत दिएका छन् ।
साँसद साहले वीरेन्द्र राजमार्गको हर्षाहादेखि खतवहियासम्म करिब आठ किलोमिटर र सखुअवादेखि देवाहीसम्म पाँच किलोमिटर लामो दुईवटा पक्की सडकको शिलान्यास गरेका हुन् । कार्यक्रम संघीय साँसद समिना हुसैन, प्रदेश साँसद कुन्दन कुशवाहा, नागेन्द्र यादव, कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहा फिरोज, दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष अरुण साह, देवाही गोनाही नगरपालिका उपमेयर परनियादेवी सहित विभिन्न वडाध्यक्ष, प्रदेश साँसद उम्मेदवार राजन यादव तथा विभिन्न राजनीतिक पार्टीका कार्यकर्ता, सडक डिभिजनका प्रमुख तथा कर्मचारी, निर्माण व्यावसायी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया