बिहीबार, असार ३ २०७८
काठमाडौं २२:५८
वासिङटन डिसी 13:13

मातृभुमी कप क्रिकेट शनिबार हुने

इनेप्लिज २०७५ चैत २४ गते ८:१५ मा प्रकाशित

काठमाडौं, २४ चैत । चितवनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने कार्यको सहयोगार्थ हुन लागेको च्यारिटी खेल आगामी शनिबार हुने भएको छ । यसअघि गत २३ गते शनिबार हुने तय भएको खेल वर्षाले प्रभावित भएपछि आगामी शनिबारका लागि सरेको हो ।

उक्त खेलका लागि खरिद गरिएका टिकटहरुले नै आगामी शनिबारका लागि सारिएको खेल हेर्न सकिने धर्मुस सुन्तली फाउण्डेशनले जानकारी दिएको छ ।

नेपाल ‘ए’ नाम दिइएको पारस खड्काको टोलीमा शरद भेषावकर, अनिलकुमार साह, ललितनारायण राजवंशी, सोमपाल कामी, अविनाश बोहरा, सन्दीप जोरा, रोहितकुमार पौडेल, सुनिल धमला, कमलसिंह ऐरी, आरिफ सेख र भुवन कार्की रहेका छन् ।

यस्तै ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपाल ‘बी’ मा विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, बसन्त रेग्मी, करण केसी, ललितसिंह भण्डारी, भीम सार्की, पवन सर्राफ, विक्रम शोब, सुशान भारी, दीलिप नाथ र प्रदीप ऐरी रहेका छन् ।

उक्त खेल हुुनुपूर्व कलाकारहरु भिड्ने छन् । कलाकारको टिमलाई वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यले कप्तानी गर्दै छन् । कलाकारहरुबीचको खेल ६ ओभरको हुनेछ ।

प्रतिक्रिया