प्रगतिशील लेखक संघको अध्यक्षमा गिरी निर्वाचित

इनेप्लिज २०७५ चैत २४ गते ८:०९ मा प्रकाशित

काठमाडाैँ,  २४ चैत । प्रगतिशील लेखक संघको अध्यक्षमा डा. जीवेन्द्र देव गिरी निर्वाचित भएका छन् । संंघको ११ औं राष्ट्रिय सम्मेलनबाट गिरी अध्यक्षमा निर्वाचित भएका हुन् ।

वामपन्थी लेखकहरुको साझा संगठन प्रलेसले ४५ सदस्यीय केन्द्रिय कमिटी सर्वसम्मत चयन गरेको छ । प्रलेसको उपाध्यक्षमा  गोपिरमण उपाध्याय र सुशिला प्रधानाङ्ग, महासचिवमा समिर सिँह, उपमहासचिवमा आरसी न्यौपाने, सचिव प्रकाश थापा र बाबुराम आचार्य तथा कोषाध्यक्षमा डा. धुर्व घिमिरे निर्वाचित भएका छन् ।

त्यस्तै, केन्द्रीय सदस्यहरुमा नारायण मरासिनी, बालकृष्ण अधिकारी, मणि अर्याल, जनक रसिक, बम बानियाँ, झगिन्द्रराज ढकाल (पारस), लोकबहादुर थापा, सुमित्रा वाङ्देल चेली, इन्द्रराज लामा, पुरु लम्साल, मधु क्षेत्री, प्रदिप प्रधान, मिन बहादुर राना, जीवन शाही, तारा प्रसाद शर्मा, कमल कार्की, अर्जुन पौडेल, नवराज रिजाल, मधु पोखरेल, राममणि ढुङ्गेल, सरस्वती दुमी राई, डा. दिपक गौतम, नरेश न्यौपाने, शरद अधिकारी, ओमप्रसाद घिमिरे, शालिकराम तिमिल्सीना, केशव थापा, डा. देवी दुलाल, राजेश विक गिरिप्रसाद बुढा, रिद्दीरमण घिमिरे सर्वसमत चयन भएका छन् । प्रलेसले ४५ सदस्यीय कमिटी बनाउने तयारी गरेको भएपनि हाललाई ३९ सदस्य चयन गरेको र पछि ६ जना मनोनयन गरिने जनाएको छ ।

प्रलेस सम्मेलनबाट ३९ सदस्यीय राष्ट्रिय प्रतिनिधि परिषद सदस्य समेत निर्वाचित भएका छन् । तर, ६ जना सदस्य पछि थपेर प्रतिनिधि परिषद सदस्य पनि ४५ सदस्यीय नै बनाइने संंघको तयारी छ ।

नवनिर्वाचित अध्यक्ष गिरीले नेपालको वामपन्थी आन्दोलनमा देखिन सक्ने वैचारीक विचलनको सामना गर्दै प्रलेस अघि बढ्ने बताए । कम्युनिष्ट पार्टीको नेतृत्वमा बनेको सरकारलाई अधिकतम कम्युनिष्ट चरित्रको बनाउन प्रलेसले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा गिरीले जोड दिए ।

गिरी नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य सचिव पनि हुन् ।

प्रतिक्रिया