क्या राम्रो कला छ, क्या राम्रो प्रतिभा छ, क्या मिठो बाँसुरीको धुन छ ! पारिवारीक पिडा भुलेर बाँसुरीको धुनमा भविश्य खोज्दै म्याग्दीका नविन बानिया

इनेप्लिज २०७५ चैत २३ गते १४:३२ मा प्रकाशित


सानै देखि आफ्ना मामाले बाँसुरी बजाएको सुने देखेर म्याग्दिका नविन बानियाले बाँसुरी बजाउन थाले । पहिला रहरले बजाउन सिके अहिले उनलाई बाँसुरी र यसका धुनसंग प्रेम बसेको छ ।

कुनै पनि संस्था र व्यक्तीसंग कक्षा र प्रशिक्षण नलिकन नविनले बाँसुरीका प्वालमा औला चाल्ने गर्दछन् । आफै कोठामा सिकेर उनी बाँसुरी बाधक बनिरहेका छन् । “तालिम लिने ईच्छा छ, नविनले भने, – “आफ्नै समस्याका कारण सिक्न गईरहेको छैन । केहि समय पछि जाने सोच बनाइरहेको छु ।” उनलाई कोरीयाबाट उनको कला मन पराएर उपहार स्वरुप हाफसेट बाँसुरी कसैले पठाईदिएको रहेछ । उनि अहिले विभिन्न कार्यक्रममा जाने गर्दछन् । अब फुल सेट बनाउने मन छ उनले भने त्यसका लागि प्रयत्न गरिरहेको छ ।

म्याग्दीको एक रेडियोमा काम गर्ने नविनलाई राम्रो बाँसुरी बाधक बन्ने रहर छ । उनि त्यसका लागि हरदम प्रयास गरिरहेका छन् । उनै नविनसंग हामीले फेवातालको किनारमा बसेर गरेको कुराकानी र उनको कला हेर्नुहोस :

प्रतिक्रिया