हिमपहिरोमा परी डोल्पामा ५ दिनदेखि ३ जना बेपत्ता

इनेप्लिज २०७५ चैत २२ गते ९:३९ मा प्रकाशित

जाजरकोट,  २२ चैत । टेलिफोन सम्पर्क हुन नसक्ने माथिल्लो डोल्पामा हिमपहिरोमा परी तीन बेपता भएका छन् ।

माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–३ सेलरीढुक्टा शे गुम्बास्थित चैत १७ गते कैलाश पर्वतमा तीर्थव्रतका लागि जाँदै गर्दा तीन जना बेपता भएका हुन्।

बेपत्ता हुनेहरुमा शे–फोक्सुण्डो गाउँपालिका–३ का फुर्वा ठिन्ल्या गुरुङ, पेमा कुन्साङ गुरुङ र फुन्छोक गुरुङ रहेका छन् । उनीहरु क्रिष्टल माउन्टेनमा वेपत्ता भएका हुन् ।  क्रिष्टल माउन्टेनलाई दोस्रो कैलाश पर्वत पनि भनिन्छ ।

डोल्पा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अवदेश विष्टले घटना पुष्टि गर्दै हिउँ भारी मात्रामा भएका कारण घटनास्थलसम्म पुग्न समस्या भएको बताए। डोल्पा सदरमुकामबाट हिँडेर घटनास्थल पुग्न ६ दिन लाग्छ ।

प्रतिक्रिया