आइतबार, जेठ ३० २०७८
काठमाडौं २३:४७
वासिङटन डिसी 14:02

युएनए सम्मेलनमा भलिबल प्रतियोगिता हुने

विजय थापा २०७५ चैत २२ गते ०:१७ मा प्रकाशित

युनाइटेड नेप्लिज एसोसिएसन( युएनए)सम्मेलनमा भलिबल प्रतियोगिता पनि हुने भएको छ । भलिबल खेल प्रतियोगिता न्यू योर्क स्थित क्विन्स ब्रिज पार्क ( उद्यान ) हुने छ । उक्त खेल खेल्न टोलीको तर्फ बाट दर्ता शुल्क स्वरुप एक समूहलाई ४ सय डलर राखिएको छ । यो खेलमा पनि अन्य खेल झैँ दर्ता गर्ने अन्तिम मिति मे १५ ,२०१९ राखिएको छ ।

यस खेलमा प्रथम हुने टोली बिजेताललाई २ हजार डलर नगद तथा उप बिजेतालाई १ हजार डलर नगद तथा पुरस्कार दिइने छ । चौथो युएन ए सम्मेलनमा छलफल, बहस, बिभिन्न मंचका कार्यक्रम, खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरु हुने छन् । युएनए गैर राजनैतिक, गैर धार्मिक, गैर जातिय तथा गैर मुनाफा सामाजिक संस्था हो ।

बिशेष युवाहरुलाई परिचालन तथा सहभागिता जनाउन उनीहरुलाई उत्प्रेरणा गर्दै उनीहरुको काँधमा जिम्मेबारी प्रदान गरिएको छ ।

बिस्तृत जानकारीको लागि आयोजक तथा सम्बन्धित पदाधिकारीहरु संग सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया