छिमेकी भारतको तातेको चुनावी माहौलका रमाइला पक्षहरु भारतीय लोकसभा निर्वाचनका रोचक हल्ली खल्ली

टिपनटापन संकलक जगदीशराज बराल २०७५ चैत २१ गते १०:४२ मा प्रकाशित

लोक सभाका सदस्य निर्वाचनका चर्चित विषयहरु :

उनन्तीस २९राज्य एवं सात ७ वटा केन्द्र शासित क्षेत्र भएको दक्षिणी छिमेकी देश भारतमा आम निर्वाचन २०१९ को खैला बैला गाँउ शहर कुना काप्चा सवैतिर पुगेको छ । राष्ट्रबाद र न्यायबाद को परीक्षाको रुपमा विश्लेषण गरिएको ५४५ सिट मध्ये ५४३( दुई सिट एंगलो इन्डीयन समुदायबाट पछि राष्ट्रपतिले मनोनयन गर्छन)सिटमा हुने सत्रौं लोक सभा निर्वाचनको लागि अप्रिल ११ अर्थात चैत्र २८ गते देखी सात चरणमा मतदान हुँदैछ । मे २६ देखी २८ सम्ममा संभवत भारतले नयाँ प्रधानमन्त्री पाउनेछ । मतदातालाई आ–आफ्नो पक्षमा पार्न भारतका प्रमुख राजनीतिक दल कंग्रेस र भारतीय जनता पार्टी(भाजपा)को नेतृत्वमा रहेका महागठबन्धन यूपीय र गठबन्धन एनडीएका बीँच घोचाघोच र आरोप प्रत्यारोप चलेको छ । मै भी चौकीदार,चौकीदार चोर है,मोदी हैतो मुमकीन है देखी लिएर बगावत,दलबदलु; मै भी बेरोजगार;लता मंगेसकरले नरेन्द्रमोदीको कविता सौगन्ध मुझे इस मिट्टीकी लाई स्वरदिएको विषय; उम्मेदबारको टिकट करौडोमा साटेको आरोप लाउदै पार्टीबाट इस्तिफा ;मोदी फेरी प्रधानमन्त्री भए राजनीतिबाट सन्यास ;फेसबुकले कंग्रेसको ६८७ फेसबुक एकाउन्ट तथा पेज हटाएको ; चुनावको मुखमा आएर एलपी ग्यासको मूल्य बढाएको; प्रधानमन्त्री नरेन्द्र मोदीको नाममा बनेको चलचित्र;बेगुसरायका भाजपा नेता गिरिराज सिंहले राहुललाई रानीको छोरा अव स्मृति इरानी सँग डराएर भाग्दैछन् भनेर चुनावी जनसभामा बोलेका;कंग्रेसको न्याय योजनालाई रघुराम राजनले समर्थन गरेको सन्दर्भमा केन्दीय बैक स्वायत्त निकाय भएकाले स्वायत निकायमाथी प्रश्नचिन्ह उठने भएकाले पूर्व गर्भनरले कुनै दलको कार्यबmमको सम्बन्धमा बोल्नु नहुने भन्ने केन्द्रीय वीत्तमन्त्री अरुण जेटलीको भनाइ;आइएस अफिसर रत्नप्रभा भाजपामा र केन्द्रीय बैक आरवीआइका पूर्व उच्च अधिकारी कंग्रेसमा प्रवेशको खवर;अमित साह सूर्या तेजस्वीको ढाल बनेर कर्नाटकको चुनावी सभामा सामेल भएको;नेशनल कन्फ्रेन्सका ओमर अवदुल्लाहले जम्मु कस्मिरमा छुट्टै प्रधानमन्त्री आवश्यक छ भनेर जनसभामा बोलेको ;योगी आदित्यनाथले भारतीय शेनालाई मोदीजीका सेना भनेर सम्बोधन गरेको; अघिल्लो चुनावमा नरेन्द्र मोदीको सम्बोधनमा अस्सीप्रतिशत उच्चारण ‘सवका साथ सवका विकाश’ भन्ने नारा भएकोमा अहिलेचाहिं ‘मन्दीर वहीं बनेगा’ नयाँ नारा ल्याएर विकाशलाई ओझेलमा पारिएको भन्ने तर्कहरु;भाजपाले हिन्दुधर्म खतरेमे है भनेकोमा विपक्षी गठबन्धनले बेलायती–मुगलहरुले हजार बर्षसम्म शासन गर्दा खतरा नहुने अहिले चाहिं कसरी हुने ? बरु मोदी जी खतरे मे है भन्दै प्रतिउत्तर दिन थालेका कुरा;लगायत भाजपाले कंग्रेसका सभासदहरुमागेको रकम दिएर खरिदगर्ने गोप्य योजना ‘अपरेशन कमल’( यसलाई केही सञ्चारकमीले ‘अपरेशन ब्लयाक कमल’ को नाम पनि दिएका छन )को चलखेलको चर्चा पनि चलेको छ । मध्यम बर्गीय मतदाताहरु हाम्रो करको रकम बाडनलाई हैन भन्दैछन् । अप्रिल एक लाई अप्रिल फूल पनि भनिन्छ र यसलाई मोदी दिवसको रुपमा मनाउनु पर्ने तर्क पनि विपक्षीहरुले गरेका छन् । आरएसएस भारतको लागि समश्या बन्नसक्छ भन्ने भारतीय केन्द्रीय बैंकका पूर्व गर्भनर रघुराम राजनपनि चर्चामा छन् । मध्यप्रदेशको भाजपा टिकटवितरणमा असंतुष्ठ पक्षधरहरुले आफ्नै पार्टी कार्यालयमा तोडफोड गरेरे भन्ने हल्ला चलाइएको छ । मेनका गांधीले राहुलको विरुद्धमा मोर्चाबन्दी गरेकी छन् भन्ने प्रचारबाजी पनि गरिन थालिएको छ । उत्तरप्रदेशको बुलन्द शहरमा हत्या गरिएका प्रहरी कर्मचारी सुवोध कुमार सिंहको सम्बन्धमा मुख्य मन्त्री योगीले उदासिनता देखाएको भन्ने चर्चा फेरि ब्यँुतिएको छ । गठबन्धनमा क्षेत्रीय पार्टीहरु हावी भएकाले कंग्रेसलाई पछि असजिलो हुने तर्क पनि बुद्धिजिविहरु गर्दैछन् । चर्चाको विषयमा नेपालका उच्च पदस्थ राजनेताहरुको सामाजिक सञ्जालमा प्रशारित ट्रोल बनाउने यूवकहरुलाई कारबाही गरेको सन्दर्भमा चर्चाको श्रङलामा मोदी र इरानीको सामाजिक सञ्जालमा आएको ट्रोलमाथी गंभीर अपराध मानेर भएको कारबाही;बामपन्थीको जन्मभूमिमा कंगे्रसको उम्मेदबारलाई सवक सिकाउने भनेर केही बामपन्थि नेताहरुले दिएको बक्तव्य;सोनीया र प्रियंका गांधीको पहिरन माथी भजपाका नेता कार्यकर्ताको टिप्पणी;चुनावी गर्मीसँगैं बढेको दिल्लीको तापक्रम;आरजेडीमा मतभेद; मायाबतीका शालिकका प्रसङ्ग; पनि थपिएका पाइन्छन् । राफेल काण्डमा सरकारले जनतालाई ढाँटेको हो भन्ने स्वरहरु पनि सुनिन थालेको छ । दिल्लीमा विपक्षी गठबन्धन हुन नसकेको विषयले पनि मेडीयालाई मसला मिलेको छ । औला भाँच्दै गुजरातीसँग कसैले सक्दैन भन्ने प्रसंग पनि गफगाफको विषय बनेको छ । समर्थक मतदाताहरु यी दुई गठबन्धनका नेताहरुले चुनावी सभालाई सम्बोधन गर्दा तथा विभिन्न अन्र्तबार्ता दिँदा भनेका कुरालई लिएर सामाजिक सञ्जालाई रमाइलो बनाईरहेका छन् । पत्रकारहरु,व्यङ्गचित्रकारहरु एवं विधुतीय सञ्चारमाध्यमहरुले पनि व्यवसाय पाएका छनु । अघिल्लो निर्वाचनमा गधा सम्मेलन लगायतका केही व्यङ्ग कविता सम्मेलनको आयोजना गरेको टेलीभिजन च्यानेल ‘आजतक’ले केहिदिन अघि यसपालीको चुनावको सन्दर्भमा सञ्चालिका स्वेतासिंह भएको “चौकीदारका सम्मेलन” नामको कार्यक्रमको आयोजना गरी विभिन्न राज्यका प्रशिद्ध हाँस्यव्यङ्ग कविहरुको जमघट गरायो । यसैगरी अर्कौ च्यानल इन्डीया टुडेले पनि यङ्ग इन्डीया डिवेट सञ्चालन गर्यो ।

नेपालको नाम जोडीयो :

भाजपाले मैं भी चौकीदार भन्ने चुनावी नाराको अभियान शुरु गरेपछि नेपालको नाम पनि त्यो चौकीदारी अभियानसँग जोडीयो ;खासगरी विपक्षी महागठबन्धनबाट । आम आदमी पार्टीकी एक महीला राजनीतिज्ञले चौकीदार त सस्तो भएपनि महङ्गो भएपनि नेपालबाट मगाउन सकिन्छ तर हामीलाई राम्रो प्रधानमन्त्री पो आवश्यक छ भन्ने विवादस्पद ट्ीवट गरेपछि पछि हटाउनु परेको अवस्थामा आजतकले आयोजना गरेको चौकीदारका सम्मेलनमा विहार राज्यका कवि शंभु “शिखर” ले कविता बाचनको दौरानमा चौकीदार त नेपालका इमान्दार हुन्छन भन्दै ‘नेपालका भी रोजगार छीन लोगे ’ भनेर भाजपा प्रति कटाक्ष गरेका थिए । यसरी नेपाल चौकीदार आपूर्तिगर्ने देशको रुपमा महागठबन्धनले चित्रण गरेको पाइयो । नेपाल र वीर गोरखालीको सामथ्र्यको बदनाम गरेको भन्दै ‘वीर गोरखा वेब टीभी ’ नामको गूट्यूवमा दीपक राइले हिन्दीमा राम्रो टिप्पणी गरेका छन् ।

नयाँ हिन्दी शव्द कोषको चर्चा :

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तरप्रदेशको मेरुत चुनावी सभालाई सम्बोधनको क्रममा विपक्षी गठबन्धनमध्ये समाजबादी पार्टी ÷सपा,राष्ट्रिय लोकदल÷रालोद र बहुजन समाजबादी पार्टी÷बसपा लाई ‘सराब’ उपनामले सम्बोधन गर्दै ‘सेहत ’के लिए सरावसे दूर ही रहना चाहिय भनेपछि अखिलेश र लालु यादवले शराव र सराब बीँच अन्तर गर्न नसकेको भनेर सुझाव पनि दिएका छन । अर्कोतर्फ शेहदको सट्टा सेहत भनेर अर्थ न बर्थको कुरा गरेको भनेर उल्टै मोदीलाई उडाउन थालेका पनि छन । त्यसैगरी ,मोदीले समाजबादी–कांग्रेस–अखिलेश–मायावतीलाई‘सकाअम’शव्दले सम्बोधन गरेपछि सञ्चारमाध्यमले नयाँ शव्दहरुको सिर्जना हुन लागेकाले शव्दकोष नै पल्टाउनुपर्ने अवस्था आएको चर्चा गर्न थालेका पनि छन् । राहुल गांधीले जीएसटी लाई गव्वर सिंह टेक्सको नामाकरण गरेपछि अव शव्दकोषमा परिवर्तन गर्नु पर्ने भो नी भन्ने अर्को रमाइलो चर्चा पनि शुरुभएको छ । फेरि राहुलले इन्डीयन एक्सप्रेसको हवाला दिदैं राफेल काण्डको सन्दर्भमा मोदीलाई “विचौलीया” शव्द प्रयोगगरी नयाँ नाम दिएकोले शव्दकोषमा थप्नु पर्ने भन्ने हस्यौंली मसला पनि विरोधीहरुले पाएको देखिन्छ । राहुल गांधीले उठाएको हिन्दु आतंकबाद र हिन्दु उग्रवाद शब्दहरुको को अर्थको लागि हिन्दी शव्दकोषको नयाँ संस्करण निकाल्नु पर्ने भाजपा समर्थक मतदाताहरुको मुखबाट सुनिन थालिएको चर्चा छ । शव्दहरुको श्रङलामा प्रधानमन्त्री नरेन्द्र मोदीले पच्छिम बङ्गालकी मूख्य मन्त्री ममता बनर्जीलाई ‘स्पीडब्रेकर दिदि’ भनी सम्बोधन गर्नु भएको; विपक्षी मुस्लीम नेता असबुद्धिन ओवेसीले मोदीलाई‘झूठोकी बादशाह’ भन्दै लगाएको आरोप;भाजपा अध्ययक्ष अमित साह तथा राजस्थानका भाजपा नेता पूर्व केन्द्रीय मन्त्री गुलावचन्द कठरीयाले कंग्रेसको चुनावी घोषणपत्रलाई‘झूठका पूलिन्दा’भनेर गरेको बिश्लेषण;महाराष्ट्रको पिपुल्स रिपब्लिक पार्टीका नेता जयदीप कावडेले ‘पति बदल्ने वाली महिला’ भन्दै केन्द्रीय मन्त्रि स्मृती इरानी माथी गरेको टिप्पणी ;शिवसेना सदस्य सञ्जय राउतले सामना पत्रिकामा प्रकाशित आफ्नो लेखमा बेगुसरायका बाममन्थि उम्मेदवार कन्हैया कुमारलाई‘जहरका बोतल’ भन्ने शव्दले प्रहार गरेको;अरुणचलका भाजपा प्रदेश अध्ययक्ष र मुख्यमन्त्री पेका खान्डुले १८० लाख भारु मतदातालाई बाँडन ठिक पारेको रकम जफत गरेको भन्दै कंग्रेसले शव्दहरु जोडदै भाजपाले‘नोट दो भोट लो अभियान’ सञ्चालन गरेको भनी शव्दहरु जोडी लगाएको आरोप ;मुलायमसिंह यादवलाई ‘भाजपाका एजेन्ट’ भनी भिम सेनाका संस्थापक नेता चन्द्रशेखर आजाद रावण ले दिएको उपनाम जस्ता थप नयाँ नयाँ शब्दहरु पनि जोडिएका छन् । मोदीले महागठबन्धनका नेतालाई ‘मिलावटी नेता’ भनेपछि शव्द युद्ध शुरु भएको भन्ने विश्लेषण गर्न थालिएको छ । नेताहरुले भाषाको बेहाल बनाएका र खिल्ली उडाएका भनेर टिप्प्णी हुन थालेको छ ।

मुद्धाको की माहौल को सिर्जना ? :

भारतीय मतदाता भन्छन–जसको सरकार भएपनि हामीलाई घोषणापत्र हैन परिणाम चाहिन्छ;अव जनता धेरै शिक्षित भएका छन् ;पन्चानब्बे प्रतिशत मतदाता भाषणमा बहकिदैनन् ;पाँच प्रतिशतलाई मूर्खबनाई बहकाउन सकिएला । विपक्षी गठबन्धनले चाहिं भाजपामाथी अघिल्लो चुनावी प्रतिबद्धताको उपलब्धीबारे कुनै चर्चा गर्दैन ; न दुई करोड रोजगार दिने न त अहिलेको गरिवी ,वेरोजगारी,कालाधन लगायतका मुद्धाबारे कुरा उठान गर्छ बरु यी बारे मौन बसेको छ ;खाली पेन्सन ,हिन्दु मुस्लीमको नाममा देशलाई बाँडेको ,सर्जिकल स्ट्रयाइ्क,आतंकबादको नाममा पाकीस्तानलाई धम्की र चिनको विरोध आफुहरुले नगरेर आफना समर्थक र कार्यकर्ताद्वारा विरोध गर्न लगाई चुनावमा कथित राष्ट्रबादको कथित चुनावी माहौल खडा गरेको छ ; मुद्धा बाई बाई माहौल हाई हाई गरेर निर्वाचनमा विजय प्राप्त गर्ने कुचेष्टा गरेको भन्ने आरोप लगाउन थालेको छ । विपक्षी गठबन्धनले भाजपाको पुरानो वाचा,भ्रष्टाचार,गरिवी

बेरोजगार,जीयसटी,नोटबन्दी,जीएसटी,राफले,गरिवलाई मासिक छ हजार वितरण लगायतका मुद्धाहरु उठाएको छ । मोदीले हालै सम्बोधन गरेका चुनावी सभामध्ये मेरठ र आशामको सभामामात्र युवालाई स्वरोजगारसँग जोडनेकाम पहलोपटक एनडीए सरकारले गरेको छ भनेर दुई पटक मात्र मुख्य मुद्धामा भाजपा बोल्यो भनेर विपक्षीले औला ठडाउन थालेको चर्चा पनि ताजै छ । मुख्यमुद्धा भन्दा शव्द जाल एवं माहौलको सिर्जना गर्ने चुनावी अभियानमा चुनावी राजनीति अल्झेको छ भन्ने टिप्पणी भारतीय एनडीटीभीका कार्यक्रम सञ्चालक रविस कुमारको पनि छ ।

युवा मतदाताहरुको चासो :

शिक्षित बेरोजगार युवाहरु गुण र दोषको आधारमा निष्फीक्रिसँग आफ्ना धारणहरु राख्न थालेका देखिन्छ । उनीहरुको इलाहाबादको नाम प्रयागराज राखेर नाम परिबर्तनको कारणले हुनजाने करोडौं खर्च रोजगारीतर्फ लगाएको भए पनि त हुन्थ्यो नी गुनासो छ । भाजपाले दुई करोड रोजगार सिर्जना गर्ने घोषणा गरेकोमा;डिग्री हातमा लिएर बेरोजगार बस्नु परेको ;आइपीएस आइएस अफिसर,डाक्टर,इन्ज्निियर,सिए बनाउलान भनेको त पकौडा तार्ने र चौकीदार पो भइयो ;भनी गुनासो पोख्दै “अवकी बार रोजगार दिनेवालों की सरकार” भन्दै ठट्टा पनि गर्न थालीएको छ । मुद्धा युवाहरुको रोजगारीमा हुनुपर्छ किसान मजदूरको बलवुताबाट अर्थतन्त्र चलेकाले तीनको हित केन्द्रित मुद्धा हुनुपर्छ भन्ने उनीहरुको तर्क सुन्न पाइन्छ ।
केही ठट्यौली बोली :

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मुकस्मीरमा पनि सम्बोधन गर्नु भएको छ । विभिन्न सम्बोधनमा उहाँले –चौकीदार डरेगा नही ; एकतरफ दमदार चौकीदार है दुसरी तरफ दागदारो के भरमार है ;चौकीदारको चुनौती देनेवाला रो रहे है देशके लिए इस चौकीदार ने सवकुछ दाउपर लगाएँ हैं; चायवालोके दर्द चायवालोही समझ सकता है ; गरीवीका कारण ही कांग्रेस है भन्ने जस्ता रमाइला कुराहरु गर्नु भएको छ । हालै नेपालका प्रधानमन्त्री केपी अ‍ोलीले नेपाली कांग्रेसलाई कठैबरा कांग्रेस भनेझैं मोदीले पनि कांग्रेस रो रहा है भनेर खिस्सी गर्नु भएको छ । विरोधीले प्रहार गरेको कुरालाई समेटेर त्यसको सिढीं बनायर आफु अघि बढने कुरा गर्नु हुन्छ । हालै भाजपासँग असंतुष्ट चलचित्र अभिनेता शत्रुघन सिन्हाले मोदी लहर नही मोदी कहर आया है भन्दै उनले यसपालीको निर्वाचनमा नेगेटीभ भोट निकै खस्ने दावी पनि गर्छन । भाजपामा प्रवेश गरेका फिल्म नायक मिथुन चक्रवर्ती, हेमा मालीनी, जयाप्रदा र दुइजना भोजपुरी नायकहरु मोदीको विकल्प नै छैन भन्छन भने कंग्रेस प्रवेश गरेकी उर्मिला मातोन्डकरचाहिं विकाश र सुरक्षाको लागि कंग्रेसले नै जित्नु पर्ने कुरा गर्छीन । राहुलले नीति आयोगलाई मोदीको पक्षमा मार्केटिङ्ग गर्न माहौल बनाएकाले आफ्नो सरकार बनेमा यस आयोगलाई खारेज गर्ने दावा गरेको कुराले पनि कभरेज पायो । भाजपाका नेताहरुले पचास बर्षसम्म भाजपाले शासन गर्ने कुरा गरेको सन्दर्भलाई लिएर विपक्षीले भाजपा अधिनायकबाद हुन खोजिरहेको आरोप लगाएका सन्दर्भमा नेपालमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाले वीस बर्ष सत्ता चलाउँछ भन्नु हुँदा यस्तै आरोप लागेको सम्झना हुन्छ ।
बेगुसराय–कन्हैया (वीके) तेजस्वी – कर्नाटका (टीके) :

सेना बारे विवादस्पद टिप्पणी गरेका कारण देशको विरुद्ध बोलेको भनी विवादमा आएका जवाहरलाल नेहरु विश्वविधालय छात्र संघका पूर्व नेता डा. कन्हैया कुमार अहिले भारतमा निकै चर्चामा छन् । जेएनयूमा उनको प्रचारको लागि विधार्थीहरु छलफल गरिरहेको चर्चाको बीँच भारतीय कम्यूनिष्ट पार्टीको तर्फबाट विहारको लालगढ तथा भूमीहार ब्राम्हणको राजधानी भनेर परिचित बेगुसराय जिल्लाबाटसंयुक्त युवा बामपन्थी उम्मेदबारका रुपमा मनोनित भएका उनी आरएसएस एवं मोदी माथी खनिएका छन् । राहुल गान्धी भाजपाको नजरमा यदी पप्पु हुन भने मोदी हाम्रो नजरमा गप्पु हुन ;देश संविधान अनुसार चल्ने हो आरएसएसले चलाउने होइन; उन्नतीस÷२९ दलको गठबन्धन बनाउने र विहारमा पाँच सिट लुरुक्क परेर अरुलाई छोडने मोदी प्रभानमन्त्री पो हुन कसरी शेर हुन सक्छन; मोदीजी कर्पोरेटद्वारा खडा गरिएका ब्रान्ड हुन र ब्रान्डीङ्गमा जनता ठगीन्छन ; पूँजीको पून ःसंरचनाबाट सिर्जितसमाजको नयाँ बर्ग र आन्दोलनको नयाँ स्वरुपलाई बुझन नसक्दा रुष र कम्यूनिष्ट दल विघटन भएको प्रसङ्ग उठाउँदै उनले शिवसेनाको आफ्नै पत्रिकाले नै चौकीदार चोर है; समानता समाजको लागि जरुरी छ ; दिल्लीलाई प्रदुषणबाट बचाउने हो भने सवारीसाधनमा पनि परिवार नियोजनको जस्तै हम दो हमारे दो भन्ने नारा तय हुनुपर्छ ;चुनाव वृति होइन देश र संविधान विरोधीलाई तह लाउने मौका हो भन्ने जस्ता कुरा उठाएका छन । बेगुसरायमा कुनै पनि हालतमा चुनाव आफुले नै जित्ने दावी गरिरहेका भाजपाका गिरिराज सिंहले कन्हैयालाई धम्कि दिए रे भन्ने अफवाह पनि फैलीएको छ । त्यसैगरी, कर्नाटक राज्यको बैगलोरमा दक्षिणसिटबाट भाजपाले अठ्ठाइस बर्षीय युवा उम्मेदबार तेजस्वी सूर्यालाई उम्मेदबार बनाएको अनि निजले महागठबन्धनलाई‘देश बिरोधी’को विल्ला भिराएको विषयपनि अहिले चर्चामा छ । यसरी युवा मतदाताहरुबीँच वीके र टीकेको चर्चा छ । पूर्व रेल मन्त्रि लालु यादवका छोराले लालु– रावडी मोर्चा बनाउने हलला चलेको सन्दर्भमा युवा नेताहरुमा आफ्नै अलग पहिचानको महत्वकांक्षा बढदै गएको टिप्पणी गर्न पनि थालिएको छ ।

आचार संहिताको सन्दर्भमा रेलवेको चीया कप र फोटो :

शताव्दी एक्सप्रेस रेलवेले चिया खुवाउन ठेकका दिएका ठेकेदारले यात्रुलाइृ चिया बाँडने प्लासटिकको कपमा हम भी चौकीदार भन्ने प्रिन्ट गरेको मामलामा आचारसंहिता तोडेको उजुरी परेपछि निर्वाचन आयोगको आदेशपछि ती जरिवाना सहति कपहरु हटाउनु परेको र प्रम भएर कुनै एउटा पार्टीको चुनावीसभामा सम्बोधन गर्न नमिल्ने भनी परेको उजुरीमा मोदीलाई समेत क्लिन चिट दिएको प्रसङ्ग पनि चर्चामा छ । त्यसैगरी, प्रम नेरन्द्र मोदीको फोटो राखीएको रेलवे टीकटबाट फोटो हटाउन निर्वाचन आयोगले आदेश दिएको छ ।

सामाजिक सञ्जाल र व्यङ्गचित्रकारहरु र मेडीयाको चासो :

विभीन्न भारतीय मित्रहरुको सामाजिक सञ्जालको अध्ययन गर्दा भाजपा समर्थकहरुले सामाजिक सञ्जाल बढी प्रयोग गरेको पाइयो । भाजपा समर्थकहरुको विपक्षी गठबन्धनप्रति र पाकीस्तान एवं चिन प्रति समेत ठाडो ,हल्का र सस्ता शव्दहरु प्रयोग गरी नकरात्मक टिप्पणी गरेको देखीयो । मोदी र राहुलको कुण्डली देखी लिएर गठबन्धनका पक्षहरुमा आ–आफ्नै अनुकुल मत सर्वैक्षणका नतिजाहरु पनि विधुतीय सञ्चारमाध्यममा छाएका छन् । त्यसैगरी इस्माइल लहरी ,मंजुल ,आचार्य लगायतका प्रशिद्ध कार्टुनिष्टह्रुको कार्टुन पनि रमाइला छन् । यहाँ इन्टरनेटको माध्यमबाट हामीले केही व्यङ्गचित्रहरु संकलन गरेका छौं । जस्तै : छवीहरुको श्रोत : इन्टरनेट २०१९अप्रिल ३ )

अन्त्यमा :

भारतीय लोक सभाको निर्वाचन सफल होस र नेपालले छिमेकको अत्यन्त हितैषि प्रधानमन्त्री पाओस । यही हाम्रो शुभकामना ! तर, चुनावी प्रचारमा नेपालको बदनााम हुनेगरी सन्दर्भ नजोडीयोस ।

श्रोत : इन्टरनेट,सामाजिक सञ्जाल र मेडीया , २०१९ अप्रिल ३ ।

छवीहरु Images)  : यहाँ इन्टरनेटको माध्यमबाट हामीले केही व्यङ्गचित्रहरु संकलन गरेका छौं । जस्तै : छवीहरुको श्रोत : इन्टरनेट २०१९ अप्रिल ३)

 

 

प्रतिक्रिया