नेकपाका केन्द्रीय सदस्य न्यौपानेद्वारा राहत वितरण, उद्धारमा आफै खटिए

इनेप्लिज २०७५ चैत २१ गते ३:३१ मा प्रकाशित

बारा, २१ चैत ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेले बारा र पर्साका हावाहुरी पीडितलाई भेट्न जाँदा मन खोलेर सहयोग गर्न सबैसँग आग्रह गरेका छन् ।

नेकपा निकटको अनेरास्ववियु (क्रान्तिकारी)ले संकलन गरेको राहत सामाग्री बितरण गर्न बुधबार बारा जिल्लाको फेटा गाउँपालिकाको भरवरियामा आएका न्यौपानेले खालीहात आउनुभन्दा राहत लिएर वितरण गर्न सुझाव दिए ।

बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी र नेकपाका स्थानीय नेताहरूसँगको समन्वयमा राहत वितरण गरिएको थियो । पीडितहरूलाई चामल, चिउरासहितका दैनिक रुपमा प्रयोग हुने अत्यावसेक सामाग्रीहरू वितरण गरिएको अखिलका नेताहरूले जनाएका छन् ।

राहत वितरण गरेपछि न्यौपानेसहितको टोलीले छ वटा घरका भग्नावसेसहरू पन्छाएका थिए ।

यसैबीच, पूर्वमन्त्री न्यौपानेसहितका अखिलका नेताहरू विवेक मैनाली (अध्यक्ष, अनेरास्ववियु क्रान्तिकारी, सर्लाही), राजकुमार विक (अध्ययक्ष, अनेरास्ववियु, सर्लाही), प्रज्वल ढुंगाना (अध्यक्ष चर्तुभुज क्याम्पसका सर्लाही)सहिता नेताहरू भरवरिया आइपुगेका थिए ।

प्रतिक्रिया