फिल्म अघोरीको टिजर रिलिज, प्रज्वलको डरलाग्दो रुप

इनेप्लिज २०७५ चैत २० गते ११:२६ मा प्रकाशित

एक्सनप्रधान फिल्म ‘अघोरी’ को अफिसियल टिजर रिलिज भएको छ । बुधबार ओएसआर युट्युव च्यानल मार्फत फिल्मको टिजर रिलिज गरिएको हो ।
कलाकार प्रज्वल गिरी टिजर भरी छाएका छन् । उनको डरलाग्दो रुप र एक्सन टिजरमा देख्न सकिन्छ । टिजरसँगै चलचित्रको रिलिज डेट समेत सार्वजनिक गरिएको छ । वर्ष २०७६ को असोज १७ गते चलचित्रको प्रदर्शन मिति तोकिएको छ । भोमन कटुवाल निर्देशित यस फिल्ममा प्रज्वल गिरी, सारदा राज्यलक्ष्मी शाह, उमेश खड्का, मुनम मल्ल ठकुरी, सुरविर पन्डित, सुशिल पोखरेल, अमिन कार्की लगायतका कलाकारले अभिनय गरेका छन् । सारदा र मुनमले यसै फिल्मबाट नायिकाको रुपमा डेव्यु गरेका हुन् ।

दिक्षा पाठक कार्यकारी निर्माता रहेको ‘अघोरी’ मा राजु कितारको द्धन्द, सुवास देवकोटाको सम्पादन, जीवन पराजुलीको छायांकन रहेको छ । राधादेवी कटुवाल प्रस्तुत चलचित्रमा दीपक शर्मा, ओम सुनार, सरोज कोइराला, सुमन राई र मदन वराइलीको संगीत रहेको छ ।

प्रतिक्रिया