ताजा समाचार : शिकागोमा प्रथम अफ्रिकन अमेरिकन खुला समलिंगी महिला लोरी लाइटफुट नगर प्रमुखमा बिजयी

इनेप्लिज २०७५ चैत २० गते २:१९ मा प्रकाशित

अमेरिकाको ईलोनोइज राज्यको बिश्व प्रसिद्ध शहर शिकागोमा भएको नगर प्रमुखको निर्वाचनमा प्रथम अफ्रिकन अमेरिकन खुला समलिंगी महिला लोरी लाइटफुट नगर प्रमुखमा बिजयी भएकी छिन ।

लोरिले कुक काउन्टीकि संचालक समिति अध्यक्ष टोनी प्रेकविन्कललाई हराउदै ईतिहास कायम गरेकी छिन । उनि शिकागोको ईतिहास मै पहिलो पटक खुला समलिंगी महिला को रुपमा नगर प्रमुख पदमा शानदार बिजयी भएकी छिन ।

शिकागो प्रहरी परिषद स्वतन्त्र नागरिक समितिकि पूर्व सभापति रहेकी ५६ बर्षिय लाइटफुटले ७४ प्रतिसत मत प्राप्त गरेकी छिन भने लामो समय देखि राजनीति गर्दै आएकी ७२ बर्षिय टोनी प्रेकविन्कलले २६ प्रतिसत मात्र मत प्राप्त गरेकी छिन । अप्रिल ३ तारिखमा सम्पन्न भएको नगर प्रमुखको निर्वाचनमा लाइटफुट ५६ औ नगर प्रमुख भएकी छिन् ।

गत फेब्रुअरी २३ मा भएको प्रथम चरणको निर्वाचनमा १४ जना उम्मेदारहरु रहेका थिए भने यी दुई उम्मेदवार अग्र पंक्तिमा रहेका थिए ।

लाइटफुट तेश्रो अफ्रिकन अमेरिकन नगर प्रमुखमा बिजयी भएकी छिन तर खुला समलिंगी मा पहिलो उनि बिजयी भएकी छिन् । उनि शोकागोमा जन्मेकी हैनन् भने यसरि शिकागो शहरमा न जन्मिएर बाहिर जन्मिएकी लाइटफुट पहिलो नगर प्रमुख भएकी छिन ।

स्बिर : सिकागो ट्रीबुन ,समाचार : न्यू योर्क टाइम्स 

प्रतिक्रिया