गंगारामको अनौठो बस, माइकिङ्गसँगै रमाईलो यात्रा साथै पानी र चाउचाउको सुबिधा (भिडियोसहित)

इनेप्लिज २०७५ चैत २० गते २:०५ मा प्रकाशित


पिएनपिखबर, भक्तपुर : बा ४ ख २७२४ नम्बरका बसमा सहचालक छैन। सुन्दा तपाइलाई अचम्म लाग्ला तर यो गाडी बिगत १० महिनादेखि बिना सहचालक काठमाण्डाै भक्तपुर रुटमा गुडिरहेको छ। भक्तपुर जिल्ला वडा न. ७, गुलमढी चोर्चका गंगाराम खाइजु यस बसका चालक हुन्। उनले सन् २०५७ साल देखि गाडी चलाउन थालेका थिए।

सहचालक राख्दा आम्दानी चुहाहट हुनुका साथै यात्रुको गालि पनि खानु परेपछि उनले यस्तो जुक्ति लगाएको हो। शुरुमा यो उपाय अपनाउन गाडीका मालिक मानेका थिएनन्। उनले मालिकलाई यो उपाय अपनाएर हेर्छु राम्रो भए ठिकै छ राम्रो भएन भने सहचालक राख्छु भनेका थिए।

पहिलो २ महिनासम्म त उनलाई गाह्रो भएको थियो। तर पनि उनि हार नमानी निरन्तर लागि परेपछि अहिले सबैले तारिफ गरिरहेका छन्।

काठमाडौँको सार्बजनिक बसमा यस्तो दृश्य कमै देख्न सकिन्छ। यस बसको ढोका यात्रु चढ्ने र झर्ने बेला आफै खुल्ने र बन्द हुने गर्छ। साथै यस बसमा चाउचाउ र पानी पनि किन्न पाइन्छ । यात्रुका बालबच्चालाई भोक तिर्खा लाग्दा पसल धाउनुभन्दा बसमै राख्दा यात्रुलाई सहज हुने उनले बताए।

सन्देशमूलक प्लेकार्डले भरिभराउ उनको यो बसमा ‘गाडीबाट निस्कने फोहोर धुलोलाई जथाभावी नफालौँ, प्रत्येक गाडीमा डस्टबिनको प्रयोग गरौँ, व्यवसायी चालक सहचालकज्यूहरुलाई अनुरोध गर्दछु । धन्यवाद’ । ‘गाडी भाडा आफू चढेको ठाउँ भनेर चालकलाई दिनुहोला ।’ रु एक हजार तथा रु ५०० को रकम भए खुद्राको लागि पहिले नै चालकलाई भन्नुहोला ।’ र ‘फलफूल, कुरकुरे, लेज, बदाम तथा अन्य खाद्यवस्तुबाट बोक्रा, प्लाष्टिकजस्ता फोहोर वस्तु डष्टविनमा हाली आफूलाई सभ्य नागरिकको पहिचान दिऊ ।’ ‘पानी प्रति बोतल रु २० तथा चाउचाउ प्रति प्याकेट रु २० मा उपलब्ध छ ।’ जस्ता प्लेकार्डहरु टाँसेको देख्न सकिन्छ।

बाँकि हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया