शुक्रबार, असार ४ २०७८
काठमाडौं ०८:१२
वासिङटन डिसी 22:27

युएनए सम्मेलनमा बास्केटबल (थुन्चे भकुण्डो )प्रतियोगिता हुने

विजय थापा २०७५ चैत २० गते ०:४२ मा प्रकाशित

आगामी मे २५ – २६ मा न्यू योर्कमा हुने युनाइटेड नेप्लिज एसोसिएसन( युएनए)सम्मेलनमा बास्केटबल (थुन्चे भकुण्डो )प्रतियोगिता हुने भएको छ । बास्केटबल प्रतियोगिताको सूचना सार्वजनिक गरिएको छ । खेल प्रतियोगिता वाईएमसीएमा हुने छ । दर्ता शुल्क एक समूहलाई ४ सय डलर राखिएको छ भने दर्ता गर्ने अन्तिम मिति मे १५ ,२०१९ तय गरिएको छ ।

टोलीका बिजेताले २ हजार डलर नगद तथा उप बिजेताले १ हजार डलर नगद तथा पुरस्कार पाउने छन । युएनए गैर राजनैतिक, गैर धार्मिक, गैर जातिय तथा गैर मुनाफा सामाजिक संस्था हो । चौथो युएन ए सम्मेलनमा छलफल, बहस, बिभिन्न मंचका कार्यक्रम, खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरु हुने छन् । मूलत युवाहरुलाई उत्प्रेरणा ,सहभागिता र कामको जिम्मेबार दिने पूर्ण प्राथमिकताका साथ आयोजक पदाधिकारीहरुमा अधिकांश युवाहरुलाई समेटिने प्रयास स्वरुप उनीहरुको काँधमा ज्यादा जिम्मेबारी प्रदान गरिएको छ ।

बिस्तृत जानकारीको लागि आयोजक तथा सम्बन्धित पदाधिकारीहरु संग सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया