रेडक्रसको आपत्कालिन कार्यसञ्चालन केन्द्र सक्रिय

इनेप्लिज २०७५ चैत १८ गते ११:०९ मा प्रकाशित

नेपाल रेडक्रस सोसाइटीले बारा र पर्सा जिल्लाहरुमा हावाहुरी प्रतिकार्यका लागि आपत्कालिन कार्यसञ्चालन केन्द्रलाई विहान ९ बजेदेखि सक्रिय बनाएको छ ।  आज चैत्र १८ गते  विहान नेपाल रेडक्रसका अध्यक्ष संजीव थापाको संयोजकत्वमा बसेको आकस्मिक वैठकले आपत्कालिन कार्यसञ्चालन केन्द्रलाई सक्रिय बनाउने निर्णय गरको हो ।

केन्द्रवाट वारा र पर्सा जिल्लाहरुमा स्वयंसेवक परिचालन तथा तयारी खाना वितरणका लागी सहयोग स्वरुप  तत्कालै एकलाख पच्चीसहजार नगद पठाउने निर्णय भएको विपद् व्यवस्थापन निर्देशक मोना अर्यालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ः गैह्खाद्द सााग्री वितरणका लागि वीरगंज गोदामघरवाट तत्काल वारा जिल्लामा २०० सेट सामाग्री पठाइने छ । यसका अलावा मनोसामाजिक सहयोगका लागी प्रभावित क्षेत्रहरुमा आवश्कताका आधारमा तालिम प्राप्त जनशक्तिको परिचालन व्यवस्था मिलाइने छ ।

दैनिक प्रतिवेदन तयार गर्ने, जिल्लाबाट अवस्थाको विवरण संकलन गर्ने, राष्ट्रिय प्रतिकार्य टोली खटाउन समन्वय गर्ने, गृहमन्त्रालय र अन्य सरोकारवाला निकायसँग समन्वय गर्ने, क्षतिग्रस्त स्थलमा जाने जस्ता टोलीहरु पहिचान गरिएको र उनीहरुले काम सुरु गरिसकेको नेरेसोका सञ्चार निर्देशक दिव्य राज पौडेलले जानकारी दिनुभयो ।

वढी क्षतिग्रस्त बारा जिल्लामा जिल्ला शाखालाई थप सहयोग, समन्वय र लेखाजोखाका लागि  केन्द्रीय कार्यालयबाट वरिष्ठ अधिकृत राजेन्द्र रोकाहा र बाराबाट जिल्लाबाट सुनरमन महत्तोलाई परिचालन गरिएको छ । त्यस्तै पर्सामा वरिष्ठ अधिकृत सन्तोष न्यौपाने र उमेश मिश्रलाई आजैदेखि खटाइएको छ ।

सम्पूर्ण व्यवस्थापन र थप निर्णयका आवश्यक परेमा नेरेसो तयारी अवस्थामा रहेको जानकारी दिदै कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले भन्नुभयोः  “तत्कालको अवस्था जाँचमा मोबाइल फोन एप्लिकेशन प्रयोग गरिने तयारी छ”।

बारामा वढी क्षती

हिजो चैत्र १७ गते करिब ८ः०० बजे राती आएको हुरीबतासका कारण पर्सामा एक जनाको मृत्यु भएको छ । वारा र पर्साका करिव ५०० जना घाईते वीरगंज स्थित नारायणी क्षेत्रिय अस्पताल, नेशनल मेडिकल कलेज, गण्डकी अस्पताल र वीरगंज हेल्थ केयरमा उपचार भइरहेकोमा केहि घर फर्केको पर्सा रेडक्रसले जनाएको छ । राती आकश्मिक रक्तदान गर्नुकासाथै एम्बुलेन्स र आरकेट (Red Cross Action Team) प्राथमिक उपचारक टिम परिचालन गरिएको थियो ।

वारा जिल्लामा २७ जनाको मृत्यु भएको र करिव २५० जना स्थानिय अस्पतालमा उपचारार्थ रहेको अवस्था छ ।  फेटा गापाको विनवलिया, फेटा र पुरौनिया, परसौनी गापाको भरवलिया र खुटवाजवदी, कलैया उनपाको धर्मनगर, माहगढीमाई नपाको तेलकुवा र तेलगाई, शुवर्ण गापाको हर्दिया, परसुरामपुर र वगही त्यस्तै पचरौटा नपाको भेनौली वढी प्रभावित भएका छन् ।

नेरेसो वारावाट द्रुत सर्वेक्षणका लागी घटना तत्तकालै स्वयंसेवक परिचालन गरिएको र आज विहान ९.ंं०० वजे DDRT को वैठकवसी थप सर्वेक्षणकालागी रेडक्रस, सुरक्षानिकाय, ध्ब्क्ज् कल्स्टर र सम्वन्धीत प्रभावित वडाका वडा अध्यक्षको सर्वेक्षण टोली  परिचालन  गरिएको बारा रेडक्रसले जनाएको छ ।

नेरेसो उपशाखा र स्थानिय सरोकारवालहरुको समन्वयमा तयारी खानाको व्यवस्थापन गरिएको छ ।

वारा जिल्लामा  २०० थान त्रिपाल र डोरी, वाल्टीन ५०० थान र म्याट १०० थान मौज्दात राखिएको छ । तर, र करिव ५०० परिवारको गैह्खाद्द राहात समाग्रीे आवश्यक पर्नेछ ।

नेरेसो वीरगंज गोदामघरमा हाल २,२०० परिवारको को गैह्खाद्द राहात समाग्री मौज्दात रहेको छ ।

रगतको व्यवस्था पर्याप्त छ 

नेरेसो रक्तसञ्चार केन्द्र, बीरगंजमा ४०० यूनिट रगत र रक्ततत्व व्यवस्था गरिसकिएको छ । पर्साका रक्तसञ्चार इन्चार्ज सौरभ पाण्डेले भन्नुभयो ः “तत्कालको लागि मौजुदा रगतको भण्डारन पर्याप्त छ । तर, मागको प्रकृति र संख्या यकिन नभएकोले रक्तदाताहरु तयार रहन आवश्यक छ ।”

हिजोदेखि ४ पर्सामा पिन्ट रगत सप्लाई गरिसकिएको छ । वीरगञ्ज नगरपालिकाले निशुल्क रगत प्रदान गर्ने काममा  सहयोग गरिरहेको छ ।

यता काठमाडौमा पनि हुरीवतास प्रभावित विरामीहरुका लागि माग भई आएमा  निशुल्क रगत उपलव्ध गराउन रक्तसञ्चार केन्द्र काठमाडौले आवश्यक व्यवस्था मिलाउने छ ।

प्रतिक्रिया