क्यानेडियन नेवा गुठी द्वारा “दोश्रो बिस्व नेवाः दिबस” बिबिध कार्यक्रम सहित सम्पन्न

इनेप्लिज २०७५ चैत १८ गते ३:५० मा प्रकाशित

मिसिसागा, “दोश्रो बिस्व नेवाः दिबस” क्यानेडियन नेवाः गुठी ले हालै मिसिसागामा बिबिध कार्यक्रम सहित सम्पन्न गरेको छ ।क्यानेडेली, नेपाली तथा नेवाः राष्ट्रीय गान बाट शुरु गरिएको सो कार्यक्रमको उदघाटन मिसिसागा, “दोश्रो बिस्व नेवाः दिबस” क्यानेडियन नेवाः गुठी ले हालै मिसिसागामा बिबिध कार्यक्रम सहित सम्पन्न गरेको छ ।क्यानेडेली, नेपाली तथा नेवाः राष्ट्रीय गान बाट शुरु गरिएको सो कार्यक्रमको उदघाटन गुठीका अध्यक्ष प्रकाश प्रधानले नेवाः परम्परा अनुसारको पानसमा दीप प्रज्वलन गरि गर्नु भएको थियो । उदघाटन पस्चात उहाँले सम्पूर्ण अतिथिहरु लाई स्वागत गर्नु भयो । कार्यक्रममा एन.आर. एन. क्यानडाका अध्यक्ष गोपिकृष्ण काफ्लेले गुठी द्वारा आयोजित समुदायमुखी एबम नेपाली तथा नेवाः संस्कृतिको जगेर्ना गर्ने कार्यक्रमको प्रशंसा गर्नु हुदै यस कार्यमा सदैब आफ्नो सहयोग रहने बताउनु भयो ।

कार्यक्रममा टोरोन्टो बिस्वबिद्यालयमा नेवाः बौद्द धर्ममा बिद्याबारीधि (पिएच.डी.) गरि रह्नु भएका ईयन टर्नरले नेवाः संस्कृति बिभिन्न पक्ष बाट अतिनै धनि भएको र यसै बाट प्रभाबित भै आफू नेवाः बौद्द धर्ममा बिद्याबारीधि गर्न लागि रहेको बताउनु भयो आफ्नो अनुसन्धानमा गुठीको सहयोगको सराहना गर्नु हुदै नेपाल भाषा प्रशिक्षणको लागि बिस्वबिद्यालयले गुठीका उत्तम माकजू र नरेश ताम्राकारलाई नियुक्त गरेको बताउनु भयो । उहाँले आफ्नो मन्तब्य नेपाल भाषामा राख्दा उपस्थित सबैले प्रशंसा गरेका थिए ।

त्यस्तै अर्का बक्ता टोरोन्टो बिस्वबिद्यालयमै नेवाः बौद्द धर्मको महायान बिषयमा बिद्याबारीधि (पिएच.डी.)गरि रह्नु भएका अलेक्जेण्डर नीलले आफू अनुसन्धानको क्रममा हालै नेपालमा ३ महिना भन्दा बढि बसेर आएको बताउनु भयो ।नेपाल बसाईको बेला आफूले स्थानिय गुरुजुहरुको सामिप्यतामा बिभिन्न कार्यक्रममा भागलिएको र यस बाट आफूलाई धेरै सहयोग भएको बताउनु भयो ।उहाँले पनि आफ्नो मन्तब्य नेपाल भाषामा राख्नु भएको थियो ।

कार्यक्रममा नेवाः संस्कृतिका बिभिन्न पक्ष बारे जानकारी गराउने क्रममा गुठी का सचिब डा. प्रज्वल प्रधानले नेवाः समुदायको घर निर्माण प्रबिधि धेरै बैज्ञानिक एबम प्राबिधिक रुपले सशक्त रहेको उल्लेख गर्नु भयो ।सो प्रबिधिहरु परापूर्ब काल देखि चलिआएकोले नेवाः संस्कृति पहिले देखि नै सक्षम र सम्बृद्द रहेको प्रमाणित हुन्छ भन्न्नु भयो ।

गुठीका महासचिब बिमल श्रेष्ठले गुठीका क्रियाकलापहरुबारे जानकारी गराउनु हुदै ब्राम्पटन नगरपालिकाको सहयोगमा आगामि अगस्तमा “सम्ये बजि’ , नोभेम्बरमा “म्ह पूजा” कार्यक्रम गरिने बताउनु भयो ।यसपालीको “यःमरी पुन्हि” क्यानडाको बौद्दिक समुदायमा परिचय गराउने उद्देश्यले टोरोन्टो बिस्वबिद्यालयमा गरिने पनि उहाँ`ले जानकारी दिनु भयो । साथै उहां`ले गुठी र ब्रोक बिस्वबिद्यालयले संयुक्त रुपमा गरेको ” नेपालीहरुको सामाजिक आर्थिक तथा स्वाथ्य अबस्था” सम्बन्धि अनुसन्धान अन्तर्राष्ट्रीय खातिप्राप्त “क्यानेडियन ईथनिक जर्नल “मा प्रकाशित भएको जानकारी दिनु भयो ।

सोहि कार्यक्रममा बोल्नु हुन्दै गुथिका उपाध्यक्ष उत्तम माकजूले धेरै पहिले देखि नै नेवाः बस्तिहरु त्यतिबेलाको आबश्यकता अनुसार समुदायको लागि चाहिने चोक, धारा , पोखरी, मन्दिर , चौर, डबली, समुदाय घर, मदिर, पाटी ईत्यादि सहितको संरचनामा निर्माण गरिएकोले “स्मार्ट सिटी”को अबधारणा त्यति बेला नै भै सकेको बताउनु भयो । साथै नेवाः खाना, पर्ब तथा जात्राहरु सबै पर्याबरण, स्वास्थ्य, पोषण, स्थानिय रुपमा पाईने श्रोतहरु तथा मनोरन्जन संग निकट सामिप्यतामा आधारित रहेको बताउनु भयो ।

कार्यक्रमलाई रोचक तथा ज्ञानमुखि बनाउउने उद्देश्यले नेवाः सस्कृति, भाषा, साहित्य तथा ईतिहास सम्बन्धि हाजिरी जवाफ कार्यक्रम संचालन गरिएको थियो जस्मा सहि उत्तरदाता हरुलाई पुरस्कार पनि प्रदान गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा उत्तम माकजू, नरेश ताम्राकार, बिमल श्रेष्ठ, रिकेश श्रेष्ठको समुहले मादल, गिटार, तिन्छु, घंघलाको तालमा ” व छु गल्ली थ्व छु गल्ली मखं त्वा या गल्ली रे”गीत प्रस्तुत गरेका थिए भने अमृत श्रेष्ठले पनि आफ्नो गीत प्रस्तुत गरेका थिए ।कार्यक्रमको अर्को आकर्षण, लसता देशारले नेवाः भेषभूषामा आकर्षक नेवाः नृत्य प्रस्तुत गर्दा सबैले ताली बजाएर मनपराएको भाब प्रस्तुत गरेका थिए ।

का अध्यक्ष प्रकाश प्रधानले नेवाः परम्परा अनुसारको पानसमा दीप प्रज्वलन गरि गर्नु भएको थियो । उदघाटन पस्चात उहाँले सम्पूर्ण अतिथिहरु लाई स्वागत गर्नु भयो । कार्यक्रममा एन.आर. एन. क्यानडाका अध्यक्ष गोपिकृष्ण काफ्लेले गुथि द्वारा आयोजित समुदायमुखी एबम नेपाली तथा नेवाः संस्कृतिको जगेर्ना गर्ने कार्यक्रमको प्रशंसा गर्नु हुन्दै यस कार्यमा सदैब आफ्नो सहयोग रहने बताउनु भयो ।

कार्यक्रममा टोरोन्टो बिस्वबिद्यालयमा नेवाः बौद्द धर्ममा बिद्याबारीधि (पिएच.डी.)गरि रह्नु भएका ईयन टर्नरले नेवाः संस्कृति
बिभिन्न पक्ष बाट अतिनै धनि भएको र यसै बाट प्रभाबित भै आफू नेवाः बौद्द धर्ममा बिद्याबारीधि गर्न लागि रहेको बताउनु भयो आफ्नो अनुसन्धानमा गुथिको सहयोगको सराहना गर्नु हुन्दै नेपाल भाषा प्रशिक्षणको लागि बिस्वबिद्यालयले गुथिका उत्तम माकजू र नरेश ताम्राकारलाई नियुक्त गरेको बताउनु भयो । उहाँले आफ्नो मन्तब्य नेपाल भाषामा राख्दा उपस्थित सबैले प्रशंसा गरेका थिए ।

त्यस्तै अर्का बक्ता टोरोन्टो बिस्वबिद्यालयमै नेवाः बौद्द धर्मको महायान बिषयमा बिद्याबारीधि (पिएच.डी.)गरि रह्नु भएका अलेक्जेण्डर नीलले आफू अनुसन्धानको क्रममा हालै नेपालमा ३ महिना भन्दा बढि बसेर आएको बताउनु भयो ।नेपाल बसाईको बेला आफूले स्थानिय गुरुजुहरुको सामिप्यतामा बिभिन्न कार्यक्रममा भागलिएको र यस बाट आफूलाई धेरै सहयोग भएको बताउनु भयो ।उहाँले पनि आफ्नो मन्तब्य नेपाल भाषामा राख्नु भएको थियो ।

कार्यक्रममा नेवाः संस्कृतिका बिभिन्न पक्ष बारे जानकारी गराउने क्रममा गुथिका सचिब डा. प्रज्वल प्रधानले नेवाः समुदायको घर निर्माण प्रबिधि धेरै बैज्ञानिक एबम प्राबिधिक रुपले सशक्त रहेको उल्लेख गर्नु भयो ।सो प्रबिधिहरु परापूर्ब काल देखि चलिआएकोले नेवाः संस्कृति पहिले देखि नै सक्षम र सम्बृद्द रहेको प्रमाणित हुन्छ भन्न्नु भयो ।

गुठीका महासचिब बिमल श्रेष्ठले गुठीका क्रियाकलापहरुबारे जानकारी गराउनु हुदै ब्राम्पटन नगरपालिकाको सहयोगमा आगामि अगस्तमा “सम्ये बजि’ , नोभेम्बरमा “म्ह पूजा” कार्यक्रम गरिने बताउनु भयो ।यसपालीको “यःमरी पुन्हि” क्यानडाको बौद्दिक समुदायमा परिचय गराउने उद्देश्यले टोरोन्टो बिस्वबिद्यालयमा गरिने पनि उहाँ`ले जानकारी दिनु भयो । साथै उहां`ले गुठी र ब्रोक बिस्वबिद्यालयले संयुक्त रुपमा गरेको ” नेपालीहरुको सामाजिक आर्थिक तथा स्वाथ्य अबस्था” सम्बन्धि अनुसन्धान अन्तर्राष्ट्रीय खातिप्राप्त “क्यानेडियन ईथनिक जर्नल “मा प्रकाशित भएको जानकारी दिनु भयो ।

सोहि कार्यक्रममा बोल्नु हुदै गुठी का उपाध्यक्ष उत्तम माकजूले धेरै पहिले देखि नै नेवाः बस्तिहरु त्यतिबेलाको आबश्यकता अनुसार समुदायको लागि चाहिने चोक, धारा , पोखरी, मन्दिर , चौर, डबली, समुदाय घर,मन्दिर , पार्टी ईत्यादि सहितको संरचनामा निर्माण गरिएकोले “स्मार्ट सिटी”को अबधारणा त्यति बेला नै भै सकेको बताउनु भयो । साथै नेवाः खाना, पर्ब तथा जात्राहरु सबै पर्याबरण, स्वास्थ्य, पोषण, स्थानिय रुपमा पाईने श्रोतहरु तथा मनोरन्जन संग निकट सामिप्यतामा आधारित रहेको बताउनु भयो ।

कार्यक्रमलाई रोचक तथा ज्ञानमुखि बनाउने उद्देश्यले नेवाः सस्कृति, भाषा, साहित्य तथा ईतिहास सम्बन्धि हाजिरी जवाफ कार्यक्रम संचालन गरिएको थियो जस्मा सहि उत्तरदाता हरुलाई पुरस्कार पनि प्रदान गरिएको थियो ।

प्रतिक्रिया