आइतबार, असार ६ २०७८
काठमाडौं ०२:५८
वासिङटन डिसी 17:13

प्रेस बिज्ञप्ति: विवेकशील साझा अन्तर्राष्ट्रिय सद्भाव समूहले बारा र पर्सामा भएको भिषण हावा हुरीबाट मृत्यु हुनेहरु प्रति श्रद्दान्जली ब्यक्त

इनेप्लिज २०७५ चैत १८ गते २:५९ मा प्रकाशित

अमेरिका,

विवेकशील साझा अन्तर्राष्ट्रिय सद्भाव समूहले आईतबार साँझ नेपालको तराई मधेशको बारा र पर्सामा भएको भिषण हावा हुरीबाट मृत्यु हुनेहरु प्रति श्रद्दान्जली ब्यक्त गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना ब्यक्त गर्दै घाईतेहरुमा शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
साथै सो समूहले घरदेशमा भएको यो बिपत्तिमा गो फन्ड मार्फत आर्थिक सहयोगको अपील समेत गरेको छ।
हेरौँ प्रेस बिज्ञप्ति जस्ताको तस्तै:
प्रेस बिज्ञप्ति: सक्दो शेयर तथा प्रकाशनका लागि अनुरोध।
हार्दिक श्रद्दान्जली तथा सहयोग अपील
नेपालमा हिजो साँझ आएको भिषण हावा हुरीले बारा र पर्सा जिल्लामा ठूलो संख्यामा भएको अकल्पनीय मृत्युप्रति विवेकशील साझा अन्तर्राष्ट्रिय सद्भाव समूह गहिरो दु:ख ब्यक्त गर्दै घटनामा मृत्यु हुने सबै नागरिकमा भावपूर्ण श्रद्दान्जलीका साथै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना ब्यक्त गर्दछ।
उक्त भिषण हावाहुरीमा परी घाईते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्दार, राहत तथा उपचारमा कुनै कसर नराख्न सरकारसंग बिनम्र आग्रह गर्दछौँ।
हामी बिशेष गरी बिदेशमा रहेका हाम्रा शुभचिन्तकहरुलाई  आ-आफ्नो क्षेत्रबाट आर्थिक सहयोगको लागि याचना गर्दै वहाँहरुको दु:खको साक्षी बन्न आब्हान गर्दछौँ।
यस्तो अवस्थामा घाईतेहरुलाई तत्काल उद्दार तथा रगतको अत्यन्त आवश्यकता पर्ने हुँदा त्यस क्षेत्रका हाम्रा सदस्य, शुभचिन्तक लगायत सबै सहृदयी नागरिकहरुबाट अविलम्ब रक्तदान गरी जीवनदान गरिदिनुहुन विवेकशील साझा अन्तरराष्ट्रिय सद्भाव समूह हार्दिक अपील गर्दछ।
यस्ता घटनाबाट पाठ सिक्दै सरकारलाई आवश्यक नीतिगत तथा प्राबिधिक पहल गर्न समेत अनुरोध गर्दछौँ।
डा. राजेन्द्र पंगेनी
संयोजक: अन्तर्राष्ट्रिय सद्भाव समूह
सरगम भट्टराई
अन्तर्राष्ट्रिय संचार संयोजक
तथा सम्पूर्ण अन्तर्राष्ट्रिय  विवेकशील साझा सद्भाव समूह परिवार
सहयोगका लागि यहाँ क्लिक गर्नुहोस्: https://www.gofundme.com/fundraising-for-victims-of-thunderstorms-in-nepal?member=1971986&utm_source=facebook&utm_medium=social&utm_campaign=fb_tco_campmgmtbnr_m

प्रतिक्रिया