शुक्रबार, असार ४ २०७८
काठमाडौं ०५:५५
वासिङटन डिसी 20:10

प्रेस काउन्सिलमा शोधपत्र प्रस्तुति कार्यक्रम सम्पन्न

मदनकृष्ण सिलवाल २०७५ चैत १७ गते १२:०० मा प्रकाशित

काठमाडौँ, चैत्र १७ । रेडियो नेपालका समाचारदाता रमेश टमट्टाले “रेडियो नेपालको ७ बजेको समाचारमा विकास समाचार” विषयमा तयार गर्नुभएको शोधपत्र सम्बन्धमा चैत १५ गते प्रेस काउन्सिल नेपाल सभाहलमामा प्रस्तुति गर्नुभयो । शोधपत्रतयार पार्नुको उद्देश्य, बिधि, प्रक्रिया, समस्या, सुझावलगायत विषय संक्षेपमा प्रस्तुत गर्नुभएको हो ।

शोधपत्रका लागि उहाँले २०७४ सालभदौ–असोज–कार्तिक महिनामा रेडियो नेपालबाट बिहान ७ बजे प्रसारित २,५५४ मिनेटको ४०२ वटा समाचारमाथि अध्ययन गरिएको, सो क्रममा नमूना छनौट, प्रश्नावली, अन्तर्वार्ता विधिअवलम्बन गरिएको र वरिष्ठ पत्रकार भारतदत्त कोइराला, किशोर नेपाल, खगेन्द्र खत्रीलगायत १२ जनापत्रकारहरुसँग विकास पत्रकारको शुरुवात, समस्या, चुनौतीहरुबारे अन्तर्वार्ता गरिएको स्पष्ट पार्नुभयो । उक्तदअवधिमा रेडियो नेपालबाट प्रसारित मध्ये विकाससम्बन्धी २२ प्रतिशत हार्डन्युज समाचारले प्राथमिकता पाए पनि खोज तथा अनुसन्धानमुलकन्युजतर्फ त्यति ध्याननपुगेको, विकास बिटमा समाचारदाता नभएको र संस्थाले विकास पत्रकारिताका लागि आवश्यकमहत्व नदिएको, राजनीतिकन्युजले प्राथमिकता पाउने गरेकोअध्ययनमा देखिएको भन्दैपत्रकारमा जागरुकता, उत्साह ल्याउन तालिम तथा दक्षता अभिवृद्धिको साथै संस्थागत पहल हुनुपर्नेमा जोड दिनुभयो ।

प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले प्रस्तुति महत्वपूर्ण, उपलब्धिमुलक हुने र आगामि दिनमा यसतर्फ अध्ययन गर्नेका लागि पनि रिफेरेन्स हुने धारणा राख्नुभयो ।

त्यसैगरी सहप्रशासकीय अधिकृत दीपक खनालले विकास समाचारभित्र गुणस्तरता पनि अर्को अनुसन्धानको पाटो हुने धारणा राख्नुभयो । स्नातकोत्तरमा शोधपत्रलेखेवापत प्रेस काउन्सिल नेपाल मिडिया विकास कोषले आ.ब. २०७५÷७६ देखि ४ जना शोधार्थीलाई छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया