शुक्रबार, असार ४ २०७८
काठमाडौं ११:२५
वासिङटन डिसी 01:40

ट्रम्पले तीन मध्य अमेरिकी राष्ट्रलाई विदेशी सहायता कटौती गर्ने

इनेप्लिज २०७५ चैत १७ गते ०:५१ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन मध्य अमेरिकी राष्ट्रलाई विदेशी सहायता कटौती गर्ने धम्की दिएका छन् । एल साल्भाडोर ,ग्वाटेमाला तथा होंडुरसका जनता उत्तर तर्फ जबर्जस्त रुपमा दक्षिणी सीमामा आउदै गरेको अमेरिकन श्रोतले जनाए पछि उनले कटौती गर्ने भनेका हुन् ।

अमेरिकन विदेश बिभाग(स्टेट डिपार्टमेन्ट) ले कांग्रेसलाई सुचित गर्दै सन् २०१७ र २०१८ को ती तीन राष्ट्रहरुलाई दिदै आएको सहायताको भुक्तानीलाई रोक्का गर्न र हेर्न भनेको एपी समाचारमा जनाएको छ । यिनै तीन राष्ट्रका आप्रवासी क्याराभान मेक्सिको र अमेरिकन सीमा रेखामा अगाडी बढ्दै गरेको जनाएको छ ।

ट्रम्पले मेक्सिकोलाई ध्यानाकर्षण गराउदै उनीहरुलाई हेर्नु पर्ने बताएका छन् । यदि यस्तो नभएमा सीमा बन्द समेत गर्ने चेतावनी ट्रंपले दिएका छन् । उनले आज शनिबार सजिलो संग हाम्रा कमजोरीको समाधान गर्न सकिने र मुर्ख डेमोक्रेटिक दलले अध्यागमन कानुनलाई प्रेरित गरेको समेत आरोप लगाएका छन् ।

उनले यो काम मेक्सिको हो र मेक्सिकोले सशक्त अध्यागमन कानुन प्रयोग गर्नु पर्ने भन्दै अमेरिकाले ठूलो सहायता गरेको चर्चा समेत संचारकर्मीहरुलाई ट्रम्पले बताएका छन् । उनले ठूलो संख्यामा अमेरिका छिर्न खोज्नेलाई रोक्नु पर्ने बताएका छन् ।

समाचार श्रोत ; एपी

प्रतिक्रिया