शुक्रबार, असार ४ २०७८
काठमाडौं ०८:५१
वासिङटन डिसी 23:06

एनआरएनए मध्यपश्चिमका लोकप्रिय उमेदवार: बाला घिमिरे

इनेप्लिज २०७५ चैत १६ गते २३:०९ मा प्रकाशित

सिकागो,

आगामी मे महिनामा हुन गईरहेको एनआरएनए,एनसिसीको निर्वाचन नजिकिदै गर्दा बिभिन्न पदहरुमा उमेदवारी घोषणा गर्ने क्रम बढेको छ।अध्यक्ष पदमा ४ जनाले उमेदवारी घोषणा गरे लगत्तै मध्यपश्चिम क्षेत्रको उपाध्यक्ष पदका लागि सिकागोका चर्चित ब्यवसायी तथा समाजसेवी बाला घिमिरेले उमेदवारी घोषणा गरेका छन्।

सिकागो क्षेत्रका पुराना समाजसेवी तथा सफल रेस्टुरेन्ट ब्यवसायी घिमिरे असाध्यै सरल,हँसिलो मिजासका,प्रतिवद्ध र नेपाली समुदायलाई समस्या परेको बेला हरेक क्षण सहयोग गर्न सधै अग्रसर रहने नेपालीहरु मध्ये पर्दछन्।

नेपालबाट २२ बर्ष अगाडि अमेरिका बसाई सरेका घिमिरेले आफ्नो उमेदवारी घोषणामा एनआरएनए अमेरिकाको संस्थागत बिकाससंगै गैर आवासीय नेपालीहरुलाई अमेरिकी राजनीतिको मूल प्रवाहमा समावेश गर्ने आफ्ना बिभिन्न एजेण्डाहरु सहित केही दिन अघि एउटा कार्यक्रम नै गरेर उमेदवारी घोषणा गरेका हुन्।

घिमिरे शिकागो सिटीको मेयरका बोर्ड एड्भाईजरी कमिटीका सदस्य तथा नेपालका लागि अमेरिकाको मिडवेष्ट क्षेत्रका पर्यटन दूत पनि हुन्। उनले एनआरएन अमेरिका र एनआरएनएका विभिन्न समिति र टास्क फोर्समा रहेर अनुभव हासिल गरिसकेका छन्।नेपालीहरुको त्यस क्षेत्रको सबैभन्दा पुरानो संस्था ‘एन्मा’को पूर्व अध्यक्ष समेत रहेका घिमिरे बिभिन्न नेपाली संस्थाहरुमा समेत कृयाशील रहेका छन्।सबै नेपाली समुदाय र बिचार समूहमा प्रिय रहेका बाला घिमिरे सबै पक्षलाई मिलाउन सक्ने खुबी भएका मानिन्छन्।

एनआरएन अमेरिकामा विभिन्न क्षेत्रबाट प्रतिनिधि गर्ने चार जना उपाध्यक्षमध्ये घिमिरेले मध्यपश्चिम क्षेत्रका लागि उपाध्यक्षमा उठ्ने घोषणा गरेका हुन्।उनीसंगै बोर्ड अफ डाईरेक्टरमा सिकागोका अर्का सामाजिक अभियन्ता तिलक के.सी.ले पनि उमेदवारी घोषणा गरेका छन्।यी दुबैको उमेदवारी घोषणालाई अर्थपूर्ण तरिकाले हेरिएको छ।

घिमिरे पश्चिम क्षेत्रको पुरानो संस्था एन्माका पूर्व अध्यक्ष भएकोले पनि उनको त्यस क्षेत्रका नेपालीहरु बिच राम्रो सम्बन्ध रहेको जनाईएको छ। गत बर्ष अमेरिकामा रहेका नेपालीहरुका तीनवटा ठूला संस्था एन्मा, नासिया र एएनएको संयुक्त सम्मेलनको सफल नेतृत्व गरेका घिमिरेले एनआरएनए तीन लाख नेपालीहरुको प्यारो संस्था बनाउनका लागि उमेदवारी दिएको बताएका छन्।

त्यसैगरी मध्यपश्चिम क्षेत्रमा एनआरएन्एको कार्यालय स्थापना गर्ने, राज्य तथा स्थानीय सरकारहरुसंग समन्वय गरी नेपाली समुदायको हितका बृहतर पक्षमा काम गर्ने समेत उनको प्रतिवद्दतापत्रमा उल्लेख छ।

प्रतिक्रिया