बिहीबार, असार १० २०७८
काठमाडौं ०३:३९
वासिङटन डिसी 17:54

विवेकशील साझाको मधेश मन्थनको प्रभाव अमेरिकाको लस एन्जेल्समा

इनेप्लिज २०७५ चैत १६ गते १७:२८ मा प्रकाशित

विवेकशील साझा सद्भाव समूह लस एन्जेल्सले कार्य समिति पुनर्गठन गरेको छ। उक्त सद्भाव समूह डा. श्याम चौरसियाको संयोजकत्वमा पुनर्गठन भएको हो।

देशमा फर्किएर तराई मधेशमा संस्कारयुक्त राजनीतिमा होमिने अठोटका साथ डा. श्याम चौरसियाले सद्भभाव समुहको जिम्मेवारी लिएका छन्।

विवेकशील साझा पार्टीले तराई मधेशमा गरिरहेको मधेश मन्थनबाट अत्यन्तै प्रभावित भएका डा. चौरसियाले वंगलादेशवाट स्नातक, क्यानडावाट स्नातकोत्तर र विद्यावारिधी गरेका हुन्। नेपालको वीरगंज स्थायी घर भएका उनी अहिले लस एन्जेल्सको एक विश्वविद्यालयमा अनुसन्धान गरिरहेका छन्।

सद्भाव समूह, लस एन्जेल्स क्यालिफोर्नियाका अन्य सदस्यहरुमा डा. राकेश देशार,डा. दिवाकर सिग्देल, डा.नमूना पाण्डे, डा. सुदर्शन अर्याल, जुनुपा अधिकारी र गंगाराम पाण्डे रहेका छन्। कमिटीको सल्लाहकार समूहमा अन्तर्राष्ट्रिय सद्भाव समूहका संयोजक डा. राजेन्द्र पंगेनीका साथै डा. सन्तोष खड्का र प्रविण श्रेष्ठ रहेको बताईएको छ।

प्रतिक्रिया