बुधबार, माघ ५ २०७८
काठमाडौं १७:३८
वासिङटन डिसी 06:53

ईन्धन बोकेको गाडी पल्टदा १३ घण्टा सडक बन्द ,चालकको लापरवाही भन्दै प्रहरीले दियो पूर्जी

इनेप्लिज २०७५ चैत १६ गते १:०९ मा प्रकाशित


डिसी क्षेत्रमा ईन्धन बोकेको गाडी पल्टदा १३ घण्टा सडक बन्द हुन् पुगेको कारण चालकको लापरवाही भन्दै प्रहरीले पूर्जी थमाई दिएको छ । उनले अब अदालतमा आउनु पर्ने भएको छ ।

अमेरिकाको डिसी महानगर क्षेत्रमा ईन्धन (पेट्रोल/डिजल) ढुवानी गर्ने गाडी दुर्घटना हुँदा १३ घण्टा सम्म बाटो बन्द हुन् पुग्यो । यति लामो समय सम्म सडक बन्द हुदाँ यात्रीहरु आक्रोशित भए । कामको समयमा १३ घण्टा सम्म बाटो नखोल्नुले प्रसाशन फितलो र पद्धतिमा चुकेको व्यापक आलोचना भै रहेको छ ।

डिसी महानगर क्षेत्रको क्यापिटल बेल्टवे को भित्रि फन्कोमा गाडी पल्टदा इन्धन चुहिएको कारण १३ घण्टा सम्म बाटो बन्द गर्नु पर्यो । गत बिहिबार करिव १ :३० बजे दुर्घटना भएको माल वाहक सवारी साधन झिसमिसे बिहान शुक्रबार मात्र बाटो खोलियो ।

भर्जिनिया वुडब्रिज का ४५ बर्षिय वेल्डन ह्यारिसनलाई प्रहरीले दण्ड पुर्जी दिएको हो । सडकमा कुदी रहेको समयमा रोक्न नसक्दा दुर्घटना भएको थियो भने उनको रोक यन्त्र( ब्रेक) नै खराव भएको कारण भन्दै प्रहरीले आरोप लागएका छन् ।

प्रहरीका अनुसार उक्त दुर्घटना अमेरिकन लिजन पुलको दक्षिण तर्फको भित्रि फन्कोमा भएको उल्लेख गरेका छन् । अहिले सम्म कै यस्ता दुर्घटना मध्ये कै एक भयंकर यातायात लाम र थप्प भएको थियो । दुर्घटना बाट एक सवारी साधनका चालकलाई सामान्य उपचार गरिएको छ भने कोही पनि घाइते भएका छैन ।

साँझमा झन् व्यस्त हुने समयमा दुर्घटनाले मानिसलाई ज्यादै दुखकष्ट झेलेका थिए । चारै तर्फका बिकल्पका बाटाहरुमा सवारी साधनहरु बिस्तारै हिडेका थिए । गाडी पल्टिदा १ लाख २० हजार सवारी साधन प्रभावित भएका थिए । उक्त दुर्घटना हुने बाटोमा हरेक दिन करिव २ लाख ३८ हजार सवारी साधन गुड्ने मेरिल्याण्ड यातायात कार्यालयले जनाएको छ । दुर्घटना भए पछि १२३ राजमार्गबाट सवारी साधन पठाईएको थियो ।

ईन्धन सवारी साधन बल्ड्याङ्ग खाँदा पोटोम्याक नदि काट्ने मार्ग,चेन ब्रिज ,कि ब्रिज ,मेमोरिएल ब्रिज ,रुजबेल्ट ब्रिज नामक सडक खचाखच भिड हुन् पुगेको थियो ।

प्रतिक्रिया