नेपाली दूताबास लण्डनका राजदूत डा.सुवेदी केन्याको राजधानी नैरोवीमा

रोशन मेवाहाङ्ग - २०७५ चैत १५ गते २३:०३ मा प्रकाशित

रोशन मेवाहाङ्ग –

लण्डन, चैत्र १६ । केन्याको राजधानी नैरोवीमा अन्तर्रा्ष्ट्रिय कफी संगठनको १२४औं संस्करणको सम्मेलनमा नेपाल सरकारका तर्फबाट नेपाली दूतावास लण्डनका राजदूत डा दुर्गाबहादुर सुवेदीले प्रतिनिधि गरे ।

केन्याटा अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्रमा एक विशेष समारोहबीच गणतन्त्र केन्याका राष्ट्रपति उहुरु केन्याटाले समुद्घाटन गरेका थिए । पाँच दिवसीय सम्मेलनमा ब्राजिल, केन्या, मेक्सिको, जापान, फ्रान्स, नेपाल, पपुवान्यूगिनी, भारत, भियतनाम र स्वीट्जरल्याण्ड लगायत ५१ वटा मुलुकहरुका प्रतिनिधि तथा चीन, जमैका साथै लाओस लगायतका पर्यवेक्षकहरुका सहभागिता रहेको थियो ।

राष्ट्रपति केन्याटाले केन्याको अर्थतन्त्रको एक महत्वपूर्ण आधारशिलाका रुपमा रहेको कफी सम्बन्धी अन्तर्रा्ष्ट्रिय सम्मेलन नैरोवीमा आयोजना गर्ने अवसरलाई गणतन्त्र केन्याको सरकारले हर्ष र गौरवको अनुभूति दिलाउदै कृषि, पूर्वाधार निर्माण, यातायात र व्यापारको विकासमा केन्या सरकारको ध्यान केन्द्रित रहेको समेत उल्लेख गरेका थिए । उनले भने, ‘सन् १९क्८९ देखि आरभ्म भएको केन्याको कफी खेतीलाई उद्योग र व्यापारको एक महत्वपूर्ण अङ्गका रुपमा विकास गर्न आफ्नो सरकार प्रतिवद्ध रहिरहने छ ।’

उक्त समारोहलाई सम्बोधन गर्ने क्रममा केन्याका कृषि तथा सिंचाइमन्त्री म्वाङ्गी किउन्जुरीले केन्याको अर्थतन्त्रमा कफीको महत्वपूर्ण योगदान रहेको र ग्रामीण कृषकहरुको उत्थानमा कफी खेती उत्कृष्ट पेशाको रुपमा रहेको उल्लेखनिय प्रशन्सा गर्दै विभिन्न मुलुकहरुका प्रतिनिधिहरुलाई स्वागत गरिएको शत्रमा नैरोवीका गभर्नर महामहिम श्री माइक म्बुभीले नैरोवीमा आयोजना भएको अन्तर्रा्ष्ट्रिय कफी सम्मेलनले केन्यामा मात्र नभई समग्र अफ्रिका महादेशको कफी खेती, उद्योग र कफी बजारमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए ।

अन्तर्रा्ष्ट्रिय कफी संगठनका कार्यकारी निर्देशक डा. जोसे सेट्टेले केन्या अन्तर्रा्ष्ट्रिय कफी संगठनको संस्थापक राष्ट्र रहेको र केन्याले अन्तर्रा्ष्ट्रिय कफी परिषदको दुई पटक अध्यक्षता गरिसकेको जानकारी गराउदै गत बर्ष लण्डनमा सम्पन्न १२३औं सम्मेलनमा कफीको निरन्तरता घट्दो मूल्यप्रति प्रतिनिधिहरुको गम्भीर चासो र चिन्ता रहेको उल्लेख गर्दै डा. सेट्टेले वर्तमान सम्मेलनले कफी उत्पादक र आयातकर्ता मुलुकहरुसहित सम्वद्ध सरोकारवालाहरुको सौहार्द सम्वादद्धारा कफी उद्योग र व्यापारको दिगो विकासकालागि महत्वपूर्ण योगदान पुग्ने विश्वास दिलाएका थिए ।

अन्तर्रा्ष्ट्रिय कफी सम्मेलनको पूर्ण वैठकलाई सम्बोधन राख्दै नेपाली प्रतिनिधिमण्डलका नेता तथा संयुक्त अधिराज्यकालागि नेपाली राजदूत एवम अन्तर्रा्ष्ट्रिय कफी संगठनकालागि नेपालका स्थायी प्रतिनिधि महामहिम डा. दुर्गा बहादुर सुवेदीले कफी खेतीको इतिहास मात्र नभई अन्तर्रा्ष्ट्रिय कफी संगठनमा नेपालको संलग्नता अपेक्षाकृत नयाँ रहेको बताउदै सन् २०१७ को मार्चमा पूर्ण सदस्यता प्राप्त गरेको नेपालले दुई वर्षमा अन्तर्रा्ष्ट्रिय कफी संगठनको नेतृत्व तहमा पुग्नु महत्पूर्ण उपलब्धी भएको उल्लेख गरेका थिए ।

नेपाल सरकारले कफी खेती र उद्योगको विकासकालागि राष्ट्रिय कफी नीति कार्यान्वयन गरिरहेको चर्चा गदै राजदूत तथा स्थायी प्रतिनिधि महामहिम डा. सुवेदीले नेपालको कफी उत्पादन सानो आकारमा भए पनि नेपालमा उत्पादित अर्ग्यानिक अरेविका कफी विश्वमै हिमालय कफीका रुपमा प्रसिद्ध रहेको नेपाल सरकार साना कफी किसानहरुलाई सहयोग गर्न प्रतिवद्ध रहेको नेपाली प्रतिनिधिमण्डलका नेता डा. सुवेदीले नेपाल कफी खेतीको विकास र बजार प्रवर्द्धनका चुनौतीहरुसँग जुध्न अन्तर्रा्ष्ट्रिय कफी संगठन र कफी उत्पादक र आयातकर्ता मुलुकहरुसँग सहकार्य गरेर अघि बढ्न प्रयत्नशील रहेको बताए ।

सम्मेलनको तेस्रो सत्रको अध्यक्षता निर्वाह गर्दै डा. सुवेदीले नेपालले अन्तर्रा्ष्ट्रिय कफी संगठनको पूर्ण सदस्यता प्राप्त गरेको दुई वर्षमै आफूलाई संगठनको प्रवर्द्धन तथा बजार विकास समितिको अध्यक्षमा निर्वा्चित गरेकोमा सम्पूर्ण सदस्य राष्ट्रहरुलाई नेपाल सरकारका तर्फवाट आभार व्यक्त गरेका थिए । नेपाल लगायत कफी उत्पादक र निर्यातकर्ता मुलुकहरुमा अवसर र चुनौती दुवै रहेको विचार राख्दै नेपाली प्रतिनिधिमण्डलका नेता सुवेदीले कफीको बजारमूल्यको निरन्तर अवरोहप्रति कफीसम्वद्ध सम्पूर्ण सरोकारवालाहरुको सकारात्मक सहयोग अपेक्षित रहेको र यो सम्मेलन कफी उत्पादन र कफी बजारको प्रवर्द्धनमा महत्वपूर्ण सावित हुने विश्वास दिलाएका थिए ।

नेता सुवेदीले गणतन्त्र केन्याका राष्ट्रपति केन्याटासँग शिष्टाचार भेटका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीका तर्फवाट केन्याका राष्ट्रपतिको व्यक्तिगत सुख र सुस्वास्थ्य एवं केन्याका मैत्रीपूर्ण जनताको शान्ति, प्रगति र समृद्धिका लागि शुभकामना सन्देश दिन सुर्वण अवसर पाएका थिए ।

नेता सुवेदीले आफू र आफ्नो प्रतिनिधिमण्डललाई प्राप्त न्यानो आतिथ्यता र सौहार्दताका लागि केन्या सरकारप्रति हार्दिक आभार प्रकट गर्दै केन्याटाले नेपाल प्राकृतिक रुपले सुन्दर राष्ट्र रहेको जनाउदै हिमाली क्षेत्रमा उत्पादित कफीप्रति आफ्नो चाख रहेको र अन्तर्रा्ष्ट्रिय कफी संगठनको १२४औं सम्मेलन नैरोवीमा आयोजना गर्ने केन्या सरकारको प्रस्तावमा पहिलो समर्थन गर्न पाएकोमा राष्ट्रपति केन्याटाले डा. सुवेदीलाई हार्दिक धन्यवाद समेत व्यक्त गरेका थिए ।

नेपाली प्रतिनिधिमण्डलले अन्तर्रा्ष्ट्रिय कफी परिषदका नवनिर्वा्चित अध्यक्ष श्रीमती स्टेफानी क्यूङ्ग तथा अन्तर्रा्ष्ट्रिय कफी संगठनका कार्यकारी निर्देशक डा. जोसे सेट्टेसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेको थिए । सो भेटका अवसरमा काठमाण्डौंमा आगामी चैत्रमा आयोजना हुने कफी लगानीसम्बन्धी सम्मेलनको निमन्त्रणा समेत प्रदान गरिएको थियो । नेपाली प्रतिनिधिमण्डलले सम्मेलनको तेस्रो दिन सम्पन्न कफी उत्पादक र आयातकर्ता एसिएन राष्ट्रहरुको समूहको बैठकमा समेत सहभागी भएको थियो।

नेपाली राजदूत तथा अन्तर्रा्ष्ट्रिय कफी संगठनका लागि नेपालका स्थायी प्रतिनिधि डा. दुर्गाबहादुर सुवेदीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल तर्फ राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक श्री शेषकान्त गौतम, उक्त वोर्डका निर्देशक श्री दीपक खनाल, प्रशासकीय अधिकृत श्री देउकुमार सिगु, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका शाखा अधिकृत श्री मोहोदत्त अधिकारी र नेपाली राजदूतावासका तृतीय सचिव श्री भूपेन्द्रप्रसाद घिमिरे चयन भएका छन् ।

प्रतिक्रिया