बुधबार, साउन १ २०७६
काठमाडौं ०३:०२
वासिङटन डिसी 17:17

रिटायर्ड भए पछि के गर्ने?

तारा भट्टराई २०७५ चैत १५ गते ९:४५ मा प्रकाशित

बयासी बर्षका लाेरी र अठहत्तर बर्षिया मार्था दुबै एउटै विल्डिंगमा बस्छन्। लाेरी मार्थालाई झुक्याएर हरबखत हेरिरहन्छन् र उनलाई देखेपछि लाेरीकाे अनुहारमा चमक भरिन्छ। खाना पनि राम्राे सँग रुच्छ रे। केहि दिन देखि यस्ताे नियालिरहेकि मैले आँट गरेर लाेरीलाई कानैमा गएर साेधें , के तिमी मार्थालाई मन पराउँछाै हाे ? मार्थालाई देखेपछि तिम्राे अनुहारमा चमक भरिन्छ अनि झुक्याएर हेरिरहन्छाै त ? तिमीले मेराे मनकाे कुराे कसरी थाहा पायाैं हँ ? हाे म उनलाई अत्यन्त मन पराउँछु। त्याे कुराे मार्थालाई थाहा छ त ? के ठान्लिन भनेर मैले भन्ने आँटै गरेकाे छैन। तिमीले यति धेरै एकाेहाेराे मन पराएकाे कुरा मार्थालाई म सुनाईदिउ त? तिमीले त्यति गर्न सके म तिमीसँग धेरै नै आभारी हुने थिएँ। यति भन्दा उनी ज्यादै खुशी देखिन्थे। मैले लाेरिसँग एउटा फन्नी प्रश्न गरें, तिमीले मन पराउने र माया गर्ने कुरा मार्थाले स्वीकार गरिन भने तिमी पहिलाे डेटिंगमा के के गर्छाै त?

लाेरिले एकै स्वासमा जवाफ दिए , म उनकाे हात समाएर एकान्तमा घण्टाैं सम्म बसिरहन चाहान्छु। उनलाई कफिसपमा लग्छु र उनीसँगै कफि पिउँछु। कहिले काहिं लाईब्रेरीमा बसेर राती अबेर सम्म किताब पढ्छु र त्यसैकाे बारेमा उनीसँग छलफल गर्छु। मेराे दराजमा मैले स्टिकर नै नखाेलेका दर्जनाैं लुगा छन् म उनले राेजेकाे रंग लगाउँछु अनि टिप टप भएर हिंड्छु।

समग्रमा म उनकाे अँगालाेमा रात दिन बिताउन चाहान्छु र उनकाे न्यानाे पनकाे महसूस गर्न चाहान्छु अनि म संसाररकै सबैभन्दा भाग्ययमानी मानिस मध्येकाे एक हुनेछु।

मलाई लाेरिकाे कुराले मन छाेयाे। आख़िर मार्था पनि त लाेरी जस्तै एक्लै नै त छिन नी के बिग्रला र एकपटक लाेरिकाे कुराे मार्थालाई सुनाईदिन मन लाग्याे ।र साहस बटुलेर म मार्था कहॉ गएँ र लाेरिले मनपराएकाे कुराे सुनाएँ। मार्थाले हॉस्तै भनिन् लाेरि मात्र हैन अरु पनि धेरै पुरुषले मलाई मन पराउँछन् र मेराे कम्पनि चाहान्छन्। किन भने लाेग्ने मानिसहरु हामी आईमाईहरु जस्ताे ब्यस्त हुने धेरै बहानाहरु हुँदैनन्।उनीहरु परिवारसँग घुलमिल हुन पनि जान्दैनन् र अत्यन्त एक्ला छन्।

मेराे दैनिकी र उनिहरुकाे ईच्छा चाहाना ले मेल नै खॉदैन। आई फिल सो सरि फर डेम देम ! उनले कुट्नैतिक तरिकाले लाेरिकाे कुराे टुंग्याउदै अगाडी भनिन् ,मेराे दुई महिनाकाे पनाति छ। उस्ले मेराे याे चाउरीएर मुजा मुजा परेकाे अनुहामा हेरेर मीठो मुस्कान दिएकाे तीन दिन तीन रात सम्म पनि म खुशी हुन सक्छु।

उस्ले मेराे याे चाउरीएर मुजा मुजा परेकाे अनुहामा हेरेर मीठो मुस्कान दिएकाे तीन दिन तीन रात सम्म पनि म खुशी हुन सक्छु।

म पनाती पनातिनीहरुकाे डाइपर चेन्ज गरिंदिदा,नुहाईदिदा हाेस वा उनिहरुकाे स्याहार सुसारमा जुट्दा म अत्यन्तै खुशी हुन्छु।

अनि हजुरआमा भनेर ताेतेबाेलीले सम्बाेधन गर्दा त म आफुलाई संसारकै सबैभन्दा भाग्यमानि महिला सम्झन्छु । अरु म जस्तै बुढीहरुसँग बिंगाे खेलेर वा गफ गरेर पनि दिन विताई दिन सक्छु। दिन भर क्यासिनाे गई दिन्छु। आफैँ कफी र ब्रेकफास्ट तयार गर्छु। बसेर उपन्यासहरु पढ्दै सन्तुष्टिको सास फेर्छु। कहिले चर्च जान्छु भने मैले जिन्दगीमा गर्छु भन्दा भन्दै करियर बनाउदा ,बच्चाबच्ची हुर्काउदा र जागिरका कारण नभ्याएकाे काम पेन्टिंगका लागि क्लास पनि जान्छु।

लाेरी र मार्थाकाे मात्र हैन बुढेसकालमा के गर्ने, कस्तो हुने,कति खुशी हुने र के कुराले तपाईलाई खुशी तुल्याउछ भन्ने कुरा बढाे महत्वपूर्ण हुँदाे रहेछ।

आधुनिक औषधी र विज्ञानले मानिसहरुको औसत आयु संसारभरि नै बढाएकाे छ। त्यस्काे मतलब रिटायर्ड (सेवानिवृत )भईसकेपछि पनि हामी अरु धेरै नै बॉच्नु पर्ने हुन्छ र तपाई निराश ब्यक्ति हुनुहुन्छ भने आधुनिक औषधिले औसत आयू सँगै तपाईकाे पीड़ा र निराशालाई समेत लम्ब्याई दिने पक्का छ।

त्यस्काे मतलब रिटायर्ड (सेवानिवृत )भईसकेपछि पनि हामी अरु धेरै नै बॉच्नु पर्ने हुन्छ र तपाई निराश ब्यक्ति हुनुहुन्छ भने आधुनिक औषधिले औसत आयू सँगै तपाईकाे पीड़ा र निराशालाई समेत लम्ब्याई दिने पक्का छ।

वास्तवमा रिटायर्ड(निवृत ) नहुन्जेल मानिसहरुसंग राम्ररी कुरा गर्ने समय पनि हुदैन। जब निवृत हुन्छ अनि जीवनभरकाे तनाव , थकानबाट बिश्राम मिल्छ र उहिं पुरानाे स्कुले जीवनकाे समाजमा फर्किन्छ। कलेज जान थाल्दाकाे समाज र अहिलेकाे समाजमा आकाश जमिनकाे फरक हुन्छ र अर्कै गतिमा दाैडिरहेकाे हुन्छ।यस्ताे बेलामा कुनै न कुनै नयाँ रुचि बिकसित गरिएन र आफ्ना लागि बाँच्न सकिएन भने चाैबिस घण्टा साेचेर विताउनुपर्ने हुन्छ।

जे भएपनि हरेक मान्छेलाई आफू भोलि बुढो भइन्छ र बुढेसकाल कसरी बिताउने भन्ने चिन्ताले थाेर बहुत सताएकै हुन्छ । एक्लाेपन भने संसारमा जहॉ पनि उस्तै रहेछ।

नेपालमा र अमेरिकामा के फरक रहेछ भने, नेपालमा सरकारी नियम नभएकाले मानिसहरु कमाएको पैसा आफैंले राख्छन् । र बुढेसकालमा पनि वृद्धभत्ता लिनका लागि लाइनमै वस्ने गर्छन्। नेपालमा स्वास्थ्य सुविधा सुलभ पनि छैन। तर अमेरिकामा सरकारले नै सामाजिक सुरक्षा भत्ता मेडिकेयर, रिटायर्मेण्ट सुविधा र पेन्सन सबै हरेक ब्यक्तिकाे कमाईबाट केहि प्रतिशत काटेर संचित गरिदिने र ६२ वर्ष उमेर पुगेपछि सामाजिक सुरक्षा भत्ता पाउन थाल्ने भएकाले आर्थिक र स्वास्थ्य उपचारकाे खासै चिन्ता हुँदैन।

तर अमेरिकामा सरकारले नै सामाजिक सुरक्षा भत्ता मेडिकेयर, रिटायर्मेण्ट सुविधा र पेन्सन सबै हरेक ब्यक्तिकाे कमाईबाट केहि प्रतिशत काटेर संचित गरिदिने र ६२ वर्ष उमेर पुगेपछि सामाजिक सुरक्षा भत्ता पाउन थाल्ने भएकाले आर्थिक र स्वास्थ्य उपचारकाे खासै चिन्ता हुँदैन।

अपाङ्ग अथवा अन्य रोग लागेर काम गर्न नसक्ने भएमा मेडिकेड लगायतका सुविधा पाउछन्। अर्काे यहॉका संरचनाहरु जेष्ठ नागरिक र अपांग मैत्री हुने भएकाले अल्झिने वा ठोक्किएर लड्ने पनि अलिक कम हुन्छ । अनि अमेरिकामा मानिसहरु बुढेसकालमा सहारा हुन्छ भनेर छोरा पाउनको लागि यज्ञ, व्रत र पुराण लगाउने वा मन्दिरमा भाकल पनि गर्दैनन्। डाक्टरसँग सल्लाह लिने अनि परीक्षणद्वारा आफ्नो गर्भमा छोरी रहेको थाहा पाएमा गर्भ तुहाउने पनि धेरैले गर्दैनन्।

अमेरिकामा बुढेसकालमा असक्त भईसकेपछि त नर्सिङ होममा थन्किनै पर्छ । जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा स्वास्थ्य मानिन्छ भने दोश्रो महत्वपूर्ण कुरा धन । स्वस्थ्यले नै उस्काे चाहना, इच्छा तथा क्षमताकाे निर्धारण गर्छ र बुढेसकाल कसरी र कस्ताे विताउने भन्ने निधो पनि गर्छ ।

अमेरिकामा धेरै जसाे मानिसहरु जीवनभर समय नपुगेर गर्न नपाएका कुराहरु रिटायर्ड भएपछि गर्दारहेछन्। कोही आध्यात्ममा लाग्ने दैनिक चर्च जाने वा कोही बिश्व भ्रमण गर्ने ,कोही किताब लेख्ने वा पढ्न मनलागेकाे बिषयमा कलेज भर्ना हुने गर्दा रहेछन् ।

धेरै जसाे बुढेसकालमा पनि सक्रिय यौनजीवन विताउने गर्दा रहेछन्। यसरी याैन जीवनले पनि उनीहरुलाई ख़ुशी र तन्दुरुस्त राख्नमा ठूलाे मद्दत पुर्याउँदाे रहेछ। नाती नातिनाहरुकाे अगाडी र्रयाल चुहाएर असक्त र असक्षम ब्यक्ति हुनु भन्दा एउटा फुर्तिलाे व्यक्तिकाे रुपमा आफुलाई उभ्याउन लागि पर्दा रहेछन्।

प्रतिक्रिया