हजारौ नवराजाहरूको शासन

–रूपेश कार्की (बद्रि प्रयाश) २०७५ चैत १३ गते २१:१० मा प्रकाशित

गरिन्छ यहाँ,कथित बोक्रे राष्टभक्तहरूबाट आर्दशको भाषण
पचाईन्छ यहाँ सोझा जनताको परिश्रम,पसिना र रगतको रासन।

चल्छ यहाँ लोकतन्त्रका हजारौ नवराजाहरूको शासन
राखिन्छ यहाँ जनतालाई झुट्टा आशोषण र राखिन्छ अनशन।

चोर,गुण्डा,नाइके ठेकदार मात्र नेताको भएको हामोे देश
नेपाली पोशाक,रातो टिका निधारमा लाउन नपाउने
लगाएर हिडेमा पुलिसलाई पठाउने यो कस्तो तिम्रो आदेश।

याद राख्नु लोकतन्त्रका महाराजाहरू आज त म र्निदोशमा आयो
भोली तिमीहरू भष्टचारी,देशदोही,देशबेचुवा,दलालहरूलाई आउने छ आदेश।

प्रतिक्रिया