डा.सुरेन्द्र केशी: देश बचाउनु छ भने इमरान खानको खाचो छ, जो त्यो म नै हो।(भिडियो सहित)

इनेप्लिज २०७५ चैत १३ गते १०:५६ मा प्रकाशित

राजनैतिक विश्लेषक डा सुरेन्द्र केसीले नेपालमा हरेक राजनैतिक आन्दोलन पछि नागरिकता को मुद्दा उठ्ने गरेको र हरेक पटक बिदेशीलाई नागरिकता बितरण हुने कुरा सामान्य भैसकेको र पछिल्लो समय नागरिकता संसोधन बिधयक ल्याएर सधैका लागी मुलुकलाई कमजोर पार्ने र देशलाई सिक्किमी र फिजिकरण गर्न खोजिएको आरोप लगाएका छन । मुलुकको सिमा ,नागरिकता , र राजनीतिक दुरुपयोग र दलाली कारण ले देश को राष्ट्रियता सङ्कट मा परेको उल्लेख गरेका छन । देश कसैले जोगाउने वा बचाउने हो भने मुलुकमा इमरान जस्तो नेता आवस्यक भएको र जनताले चाहे आफू त्यो भुमिका निर्वाह गर्न तयार रहेको आत्मबिस्वास ब्यक्त गरेका छन ।

जनताले कुरा नबुझे र बिकल्प नखोजे अब मुलुक नबाच्ने स्थिती धेरै टाढा नभएको गम्भीर चिन्ता गर्दै जनतालाई नागरिक हुन अपिल समेत गरेका छन ।बिगत लामो समयदेखी स्वतन्त्र बिचार राख्दै आएका बिस्लेसक डाक्टर केसी ले देश को स्वाधिनताका निम्ति जनताले जागरुक बन्न र दलिय स्वार्थभन्दा माथी उठेर देशका बारेमा सोच्ने नसक्नेहो भने अहिलेका सासकले देश बेच्ने कुरामा कुनै सङ्का नभएको दाबी समेत गरेका छन । नागरिकता संसोधन बिधेयक पेश गर्ने प्रस्ताव मा रक्षा मन्त्री ले आफुलाइ गृहमन्त्री भन्दै हस्ताक्षर गर्नु आस्चर्य भएको भन्दै उन्ले देश का मन्त्री निकृस्ठ व्यवहार गरिरहेको भन्दै आफ्नै आमा बारे दुर्व्यवहार हुदा सन्तानको कर्तब्य के हो भन्ने बुझेर जनताले यी दलाल बिरुद्ध प्रतिरोध गर्नु आवस्यक रहेको बताएका छन ।

प्रतिक्रिया