सोमबार, साउन ६ २०७६
काठमाडौं ०९:११
वासिङटन डिसी 23:26

हेनरी एभोकाडोमा ब्याक्टेरिया

गर्भवति महिला र बच्चाका लागि घातक

यादवराज जोशी २०७५ चैत ११ गते १८:५४ मा प्रकाशित

यादवराज जोशी

क्यालीफोर्नियाको हेनरी एभोकाडो कर्पोरेसनले उत्पादन गरेको एभोकाडोमा लिस्टेरिया नामको ब्याक्टेरिया पाईएको छ । नमुना परिक्षणमा लिस्टेरिया भेटिएपछि कर्पोरेसनले आफ्नो उत्पादन फिर्ता लिने घोषणा गरेको छ ।

“अमेरिकाका ६ राज्य क्यालिफोर्निया, एरिजोना, फ्लोरिडा, न्यू हेम्सायर, नर्थ क्यारोलिना, विन्सक्सिनमा बिक्रीका लागि पठाईएको एभोकाडो फिर्ता लिइने छ ,” कर्पोरेसनले जारी गरिको विज्ञप्तिमा भनिएको छ । हेनरी परिवारले चलाएको फर्मबाट जनवरीको अन्त्यबाट उत्पादन सुरु भएको थियो ।

लिस्टेरिया नामको ब्याक्टेरियाले शरिरको प्रतिरोधी क्षमता कम गराउछ । यो ब्याक्टेरिया गर्भवति महिला र नयाँ जन्मने बच्चाका लागि निकै घातक मानिन्छ । यसले गर्भपतन गराउने, अविकसीत बच्चा जन्मने र बच्चामा गहन समस्या देखिने हुन्छ ।

“बजारमा बिक्रीमा रहेका सबै एभोकाडो सेल्भबाट हटाइएको छ,” कर्पोरेसनले भनेको छ । उपभोक्तालाई हेनरी एभोकाडो नखान चेतावनी जारी गरिएको छ । हेनरी फर्मको एभोकाडोमा “अर्गानिक  क्यालिर्फोनिया” लेबल लागेको हुन्छ ।

लिस्टेरिया लागेको मानिसमा ज्वरो आउने, मांसपेसी दुख्ने, टाउको दुख्ने, घाँटी दुख्ने समस्या हुन्छ । केही मानिसलाई झाडापखला र अन्य पेट सम्वन्धि समस्या पनि हुन सक्छ । लिस्टेरिया खाद्यपदार्थमा पाईने हानिकारक ब्याक्टेरिया हो ।

स्रोतः सिएनएन र एजेन्सीहरु

प्रतिक्रिया