मंगलबार, वैशाख १० २०७६
काठमाडौं १६:०३
वासिङटन डिसी 06:18

राष्ट्रपति ट्रम्पको रुस संग कुनै साँठगाठ नरहेको पुष्टि

इनेप्लिज २०७५ चैत ११ गते ११:०० मा प्रकाशित

सन् २०१६ मा अमेरिकामा सम्पन्न भएको राष्ट्रपतिय निर्वाचनमा रुसको हस्तक्षेप तथा राष्ट्रपति ट्रम्पको साँठगाठ रहेको बिषयमा आलोचना तथा आरोप खेपी रहेका ट्रंपको कुनै पनि रुस संग साँठगाठ नरहेको पुष्टि भएको छ ।

रुसी हस्तक्षेपबारे अनुसन्धान गरिरहेका विशेष काउन्सिल रोबर्ट मलर टोलीले न्याय विभागमा आफ्नो प्रतिवेदन पेश गरेको र गत मार्च २२ शुक्रबारका दिन उक्त प्रतिबेदन बुझाएको थियो ।

रोबर्ट मलरको प्रतिबेदन २२ महिना पछि प्रस्तुत अमेरिकाको ईतिहास मै सर्वाधिक चर्चा मध्ये कै एक बिषय रहेको रोबर्ट मलरको प्रतिबेदन अन्तत्वगत्वा सार्बजनिक भई राष्ट्रपति आरोप मुक्त भएका छन् ।

राष्ट्रपतिले खुशी व्यक्त गर्दै यो हाम्रो राष्ट्रको लागि लज्जित हो भन्दै यस्तो बिषयमा हामी जानु पर्यो । इमान्दारिताका भन्नु पर्दा तपाईको राष्ट्रपतिले यसको सामना गर्नु पर्यो भनि टिप्पणी दिएका छन् ।

अझ पनि उक्त प्रतिबेदन पूर्ण न देखाइएकोले रिपब्लिकन तथा डेमोक्रेटिक दलले पूर्ण हेर्न माग गरि रहेका छन् । राष्ट्रपति ट्रम्पले मलरको अनुसन्धानलाई बोक्सीको शिकार भन्ने संज्ञा दिएका थिए । यो प्रतिबेदनले स्वयम राष्ट्रपति तथा उनका ज्वाई समेत मुछिने अनुमान गरिएको थियो । सो प्रतिवेदनमा कुनै पनि किसिमको आरोप लगाइएको छैन । र अब यसको टुंगो लागेको छ । यसै बिषयमा अब यसमा चर्चा गरि रहनु पर्ने कुनै अर्थ नभएको समेत सामाजिक संजालमा व्यापक भएको छ ।

अनुसन्धान अगाडी राष्ट्रपति ट्रम्पका ६ पूर्व सहयोगी तथा दर्जनौँ रुसी अधिकारीलाई यसै मामिलामा आरोप लगाइएको थियो । मे २०१७ मा मलरलाई बिशेष काउन्सिलमा नियुक्ति गरे पछि ट्रम्पका सहयोगी पउल म्यानाफोर्ट ,अधिवक्ता माइकल कोहेन लगायत आरोप सहित दण्डित भै सकेका छन् ।

प्रतिक्रिया